मानवीय जीवन नै आतंकित पार्ने गरी गत वर्षदेखि विश्वभर कोरोना भाइरसको महामारी फैलियो । नौलो प्रकारको यो भाइरसले कैंयौँको जीवन अकालमै लग्यो भने कैंयौँ संक्रमित बने । नेपालमा पनि यो रोगबाट अछूतो रहन सकेन । यसबाट जोगिनुको एउटैमात्रै विकल्प बन्यो, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु र भ्याक्सिन पर्खाइ । मानिस कोरोना खोपको भ्याक्सिन पर्खिरहे । तर तत्काल उत्पादन हुन सकेन । धेरै देशले यसको अनुसन्धान गरिरहे । अन्ततः पछिल्लो समय विभिन्न देशले विभिन्न नाममा कोरोनाविरुद्ध खोप उत्पादन गरेर सहज बनाएका छन् । विकासशील मुलुक नेपालले विदेशी मुलुकको बाटो हेर्नुको विकल्प थिएन । र, गत माघदेखि नेपालमा कोरोनाविरुद्ध कोभिसिल्ड भित्रियो । यसरी नेपाल भित्रिन थालेको खोप अहिलेसम्म भारत, चीन, अमेरिका, जापानलगायत देशले उपलब्ध गराइसकेका छन् । । नेपालमा हालसम्म ६५ लाख ८२ हजार ८ सय ५० मात्रा खोप आइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा छ ।
तर यही खोप वितरण भने ठाउँ ठाउँमा अव्यवस्थित भएको समाचार छ । गण्डकी प्रदेश राजधानी पोखराको कुरा गर्नुपर्दा यहाँ केही दिनयता भेरोसिल खोप लगाउने कार्यक्रम निरन्तर चलिरहेको छ । तोकिएका खोप केन्द्रमा लक्षित वर्गका मानिस सबै काम पन्छाएर बिहानैदेखि लाइन बस्न गए । दिनभर लाइन बसेपछि मात्र खोप लगाएर जीवन बाँच्ने आशामा केही फर्किए भने निम्न, असहाय तथा पहुँच पुग्न नसकेकाहरु रित्तो हात बने । पहुँचवालाले आफ्ना आसेपासे, नातेदारलाई खोप लगाउन बाँकी राखेका छैनन् । तर, लक्षित वर्गकै निमुख मानिस अहिलेसम्म पहिलो डोज लगाउनबाटै वञ्चित बनेको गुनासो सुनिएको छ । शनिबार पनि पेसागत समूहका लागि भने भनी पूर्व सूचना जारी गरी खोप लगाउन आउन आह्वान गरियो । पोखरा नदीपुरस्थित कन्या क्याम्पसमा बिहानैदेखि लाइन बसेकाहरु अन्तिम समयमा खोप कार्यक्रम स्थगित सूचनापछि निराश बने । जिल्लामा हालसम्म ४४ हजार बढी भेरोसिल खोप लगाइसकिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । तर, सरकारले लक्षित वर्ग भनिएकाहरु अझै वञ्चित फितलो व्यवस्थापनकै कारण हो ।
नेपालमा विभिन्न देशबाट खोप आउने कार्यक्रम जारी रहेको सरकारले जनाएको छ । तर व्यवस्थापन फितलो हुँदा जति नै खोप भित्रिए पनि प्राथमिकता आधारमा लगाउने काममा ध्यान दिइएको छैन । सरकारले १८ वर्षभन्दा माथिका कुल २ करोड २० लाख जनसंख्यालाई निशुक खोप लगाउने लक्ष्य लिएको छ । कोरोना भाइरसको तेस्रो भेरियन्टको फैलावटसमेत बढ्न थालेको हुँदा जतिसक्दो छिटो खोप प्रयोगको दायरा बढाउनुपर्छ । यो अभियानलाई बिचौलियाको प्रभावबाट मुक्त राख्दै खोप वितरण प्रणाली पनि सुधार्नुपर्छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवाला निकायले समेत खास प्रभाव पर्ने गरी अनुगमन गर्नुपर्छ । ताकि खोप वितरणमा पहुँचवर्गका आसेपासेमात्र लाभान्वित नहुन् । सबै जनालाई बाँच्नुपर्छ भन्ने हेक्का सबैमा हुनुपर्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१