राजनीतिक पार्टीका महाधिवेशनबाट नयाँ–नयाँ पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । भर्खरै निर्वाचित ती पदाधिकारी र सदस्यहरुमा उत्साह छ, उमंग छ र के गरौं भन्ने भावना छ । तिनीहरु अरुभन्दा छुट्टै र बेग्लै देखाउन नयाँ काम र नयाँ कार्यक्रम तर्जुमा गर्ने प्रयासमा छन् । यसै क्रममा नेपाली कांग्रेस कास्की शाखाले आफ्नो गत पुस १० गतेको बैठकले पारित गरेको सभा सञ्चालनसम्बन्धी नयाँ कार्यक्रम जनसमक्ष ल्याएको छ । कास्की कांग्रेसले जननेता बिपी कोइरालाले पञ्चायत कालमा सुरु गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने क्रममा आयोजित सभामा सभा सञ्चालनसम्बन्धी नयाँ आचारसंहिता लागु गरेको हो । त्यसको नयाँ आचार संहिताबाट कतिपय वरिष्ठ कांग्रेसहरु पनि आश्चर्य चकित भएका छन् । कतिपयले त्यसलाई नयाँ दृश्यको रुपमा वर्णन गरेका छन् ।
नयाँ आचार संहिताअनुसार त्यस दिन मञ्चमा कास्की कांग्रेसका नव निर्वाचित सभापति किशोरदत्त बराल र प्रमुख वक्ताका रुपमा आएका विश्व प्रकाश शर्मालाई मात्र आसन ग्रहण गरायो भने अरु वरिष्ठ कांग्रेसहरु सबै स्रोता एवं प्रदेशका मन्त्रीहरु पनि उपस्थित भएका थिए । उनीहरु धेरै उपस्थित भए तापनि उनीहरुको तर्फबाट कानुन तथा सञ्चार मन्त्री विन्दुकुमार थापालाई मात्र बोल्न दिइयो । त्यसरी बोल्नेहरुले पनि ५ मिनेटभन्दा बढी बोल्न पाएनन् । वक्ताले ५ मिनेट बोलेपछि अब १ मिनेट बाँकी छ भन्ने संकेत स्वरुप पहेंलो कार्ड देखाउने गरिएको थियो । प्रमुख अतिथिलाई भने समयको सीमा तोकिएको थिएन । छरितो किसिमले सभा सञ्चालन गर्न आचार संहिता तयार गरिएको बताएको छ ।
प्रमुख अतिथि शर्माले कास्की कांग्रेसको छरितोपना देखेर आफू प्रभावित भएको बताए । कास्की कांग्रेसले पार्टीका भातृसंगठन र शुभेच्छुक संस्थाहरुले पनि यस्तै गरेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । कास्की जिल्लाको लागि यो नयाँ प्रयोग हो । प्रयोग लागु गर्न कठिन हुन्छ । त्यसमा पनि राजनीतिक मञ्चमा यो संहिता अरु चुनौतीपूर्ण हुनसक्छ । साधारण तथा राजनीतिक मञ्च भनेकै भाषण गर्नलाई हो भन्ने सर्वसाधारणको बुझाइ छ । फेरि वक्ता भनेर कहलिएका नेताले भाषणै गर्न नपाएर समय खेर फालेर समारोहमा किन बसिराख्ने भन्ने पनि हुन सक्छ । त्यसमाथि चुनाव पनि नजिक आएको छ । चुनावको बेला राम्रा राम्रा नेताहरुलाई ल्याएर बोल्न लगाउने फेसन नै भएको छ । त्यो अवस्थामा यो संहिता टिकाइ राख्न चुनौती हुन सक्छ । फेरि यो अहिले कास्की कांग्रेसको मात्र संहिता भएको छ । त्यसलाई अरुहरुले के कसरी हेर्छन् र अनुशरण गर्दछन्, त्यो ठूलो कुरा हो । यो संस्कृतिलाई महामन्त्री शर्माले प्रशंसा गरेकोले यसको प्रभावकारिता बढ्ला कि भन्ने अपेक्षा गर्न सकिन्छ । तर उनका लागि पनि यो लागु गराउनु त्यति सजिलो भने छैन । यसको प्रभावकारिताका लागि आगामी ४/६ महिना महत्वपूर्ण हुनेछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१