नेपाल भारतको असल मित्र हो । नेपाल सधैं सबैसँग असल मित्र भएर रहन चाहन्छ । सधैं असल मित्र भएर रहन चाहेकाले नेपालले आफ्नोतर्पmबाट कसैलाई हानि–नोक्सानी हुने काम गरेको छैन र गर्दैन पनि । यो नेपालको विशेषता हो । नेपालले आफूले गरेकैजस्तो मित्रवत् व्यवहार अन्य राष्ट्रहरुबाट पनि होस् भन्ने आशा अपेक्षा गर्दछ । छिमेकी भारतबाट पनि नोपलले यस्तै मित्रवत् व्यवहारको अपेक्षा गर्दछ । तर त्यसको विपरीत छिमेकी भारतबाट बेला–बेलामा नेपाललाई अठ्यारो हुने र नेपालको नोक्सान हुने काम हुने गर्दछ । त्यसले बेला–बेलामा मर्यादापनको प्रर्दशनी, गर्ने भएकाले नेपाली जनतामा त्यसको नराम्रो प्रभाव बढ्दै भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक प्रधानमन्त्री भएर नेपाल आउ“दा नेपालीहरुले हृदय खोलेर उनको स्वागत गरेका थिए । उनले प्रतिनिधि सभा र राष्ट्रिय सभालाई संयुक्त रुपले महत्वपूर्ण सम्बोधन गरेका थिए । त्यसबेला नेपालका जनता र जनप्रतिनिधि तथा सरकारले भारतलाई धेरै सहयोग र सद्भावको अपेक्षा गरेका थिए तर त्यसको लगत्तै केही महिनापछि भारतले सीमा नाकाबन्दी गरेर नेपालीहरुले कहिल्यै बिर्सन नसकिने खराब व्यवहार गर्यो । त्यसबाट नेपालीहरुले धेरै दुःख भोग्नु पर्यो ।
भारतीय जनता पार्टी हिन्दु धर्ममा आधारित पार्टी भएको र नेपालमा अधिकांश हिन्दु धर्मावलम्बीहरु भएकाले त्यो पार्टीको सरकारले नेपालमाथि थिचोमिचो गर्ला, हेपाहा प्रवृत्ति प्रदर्शन गर्ला र नाकाबन्दी नै गर्ला भनेर नेपालीहरुले सोचेकै थिएनन् । केही हिन्दुवादी संगठनहरुलाई भारतमा भारतीय जनता पार्टीको सरकार गठन हुँदा आफ्नो खुसी जाहेर गरेका थिए र त्यसको प्रभावले नेपालमा हिन्दु राष्ट्र फर्कने आशा पनि गरेका थिए । त्यसबेला केही संगठनहरुको सक्रियता हेर्न लायक थियो । केही साधु, सन्यासीहरुले भविष्यवाणी गरेर हिन्दु राष्ट्र फर्कने तिथि मितिसमेत घोषणा गरेका थिए । यस्तो सहयोगको अपेक्षा गर्ने नेपालीहरुले के पाए भन्ने प्रश्न चिन्ह खडा भएको छ ।
नेपालमाथि नाकाबन्दी गर्ने त्यो सरकारले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा लामो समयदेखि आफ्नो सैनिक राखेको छ । सीमावर्ती क्षेत्रमा एकतर्फी बाँधलगायत भौतिक संरचना बनाएर वर्षामा नेपाली भूमि जलमग्न गर्ने गरेको छ । सीमा क्षेत्रका नेपाली जनता पीडित भएकोतर्फ सरकारले स्थलगत अवलोकन गर्ने र समकक्षीसँग समेत छलफल गरी समस्या सुल्झाउनतर्फ सरकार सक्रिय नभएको गुनासो पनि जनताबाट आउने गरेको छ ।
नेपाल र भारतका प्रबुद्ध वर्गले तयार पारेका दुई देशको सन्धि सम्झौता आदि विषयका प्रतिवेदन बुभ्mनसमेत मानेको छैन । अहिले फेरि नेपालको पश्चिमी क्षेत्रमा बिना इजाजत हवाईजहाज उडाएर एक किसिमको आतंक पैmलाउने काम गरेको छ । बिना इजाजत त्यसरी नेपालमा हवाईजहाज उडाउनु अन्तर्राष्ट्रिय उड्डयनको नीति नियम विपरीत हो । त्यो अन्याय हो, अत्याचार हो । त्यो विरोध भइरहेछ । त्यो विरोधमा हामी पनि ऐक्यबद्धता जनाउन चाहन्छौं र त्यो गैरकानुनी काम तुरुन्त रोक्नुपर्नेमा जोड दिन चाहन्छौं । नेपाल सरकारले पनि यसबारे तत्कालै कूटनीतिक पहल गरी समाधान गर्नेतर्फ लाग्नुपर्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१