१. कोभिड भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले देशमा लकडाउन गरेको साढे तीन महिना भयो । यस बीच उद्योग धन्दा बन्द भए । यातायातका साधन समेत चल्न पाएनन् । अहिले निजी सवारी केही चले पनि सार्वजनिक यातायात ठप्प छ । कोभिड महामारी कहिलेसम्म रहन्छ र यातायात पूर्णरुपमा कहिले खुल्छ सुनिश्चित छैन ।
२. व्यवसाय सञ्चालन हुन नपाउँदा आयआर्जन रोकिएको छ । व्यवसायीलाई घरभाडा तिर्न, कर्मचारीलाई तलव दिन तथा बैंकको किस्ता व्याज बुझाउन समस्या परेको छ । यो सबैलाई थाहा भएकै कुरा हो । तर कोहीभने केही थाहा नभए झैं गरेर व्यवसायीलाई तनाव दिने काम गरिरहेका छन् । तनाव दिनुको परिणाम के हुन्छ धेरैले ख्याल गरेका छैनन् ।
३. बैंकले किस्ताको लागि ताकेता गरेको भन्दै यातायात व्यवसायीले गाडीको चाबी बैंकलाई नै बुझाउने निर्णय गरे । देशकै ठूलो यातायात व्यवसायी समिति पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता समेत बुझाउन नसकेपछि गाडीकै चाबी बुझाएको छ । कम्पनीले पहिलो दिन सोमबार नै विभिन्न बैंकलाई गरी एक सय १० भन्दा बढी गाडीको चाबी बुझाएको जनाएको छ ।
४. उक्त कम्पनीमा आवद्ध रहेका एक हजार तीन सय ७० गाडीकै चाबी बैंकलाई बुझाइने कम्पनीका पदाधिकारीले बताएका छन् । ती सवारीसाधनमा झण्डै ५ अर्व ६० करोड रुपैंया लगानी भएको छ । त्यसमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत रहेको छ । नेपालमा यात्रुवाहक गाडी करिब ३ लाख रहेको र त्यसमा झण्डै १२ लाख जनाको प्रत्यक्ष रोजगारी रहेको अनुमान छ ।
५. ऋणको किस्ता ६ महिना सार्न माग गर्दा बैंकहरुले वेवास्ता गरी किस्ता तिर्न ताकेता गरेपछि व्यवसायीले बाध्यभएर चाबी वुझाउन परेको हो । यसैगरी व्याज छुटका कुरा पनि छन् । यसमा सरकार र नेपाल राष्ट्रबैंकको छिटो ध्यानजानु जरुरी छ । व्यवसायी निरुत्साहित भए भने राष्ट्रलाई नै ठूलो घाटा पर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१