१. केही समयदेखि देशमा मानवतालाई स्तब्ध पार्ने समाचार आउन थालेका छन्। कतै आफ्ना सहोदर बाबुले नाबालक छोरीलाई निर्ममता पूर्वक हत्या गरेकेा समाचार आएको छ भने कतै छोराले आमालाई खुकुरी प्रहार गरेको समाचार आउने गरेको छ। यस्तो हत्या हिंसामा पुरुषहरु मात्र होइनन्, महिलाहरु पनि सरिक भएको समाचार पनि आएको छ। छोरीले आफ्नै आमाको हत्या गर्न लगाएको कुरा पनि बाहिर आएको छ।
२. देशमा हत्या, हिंसाको राजनीति भित्रिएपछि त्यसले अनेक विकृति र विसंगति जन्माएको छ। कुनैबेला कुनै सिद्धान्तका लागि मानिस मर्ने गर्दथे भने अहिले आर्थिक प्रलोभनका लागि मानिस मार्ने गरिएको छ। त्यसमा पनि बाबु आमाले छोराछोरीलाई र छोराछोरीले बाबुआमालाई मारेका छन्। मानवताको इतिहासमा यो ठूलो कलंक हो।
३. अहिले त प्रत्येक हप्ता त्यस्तो विभत्स हत्याका घटना भएका छन्। समाजमा विकृति र विसंगति व्याप्त भएको छ। समाजमा यस्तो संस्कार र संस्कृति भित्रि रहेछ, तर हाम्रो संरकार र राजनीतिक नेताहरु कसैलाई त्यसको चिन्ता छैन। उनीहरु आफ्नै राजनीतिक घोडा दौडाउँदैछन्।
४. समाज त्यसरी कलंकित हुनुमा हाम्रो शिक्षा, दीक्षाको परिणाम पनि हो। हाम्रो राजनीतिमा आपराधीकरण हुनु हो। जस्तो सुकै अपराधी, भ्रष्टाचारी एवं नैतिक पतन भएकालाई पनि पार्टीमा रातो कार्पेट विछ्याएर स्वागत गर्ने प्रचलन भएपछि समाज कसरी राम्रो बन्न सक्छ। राजनीतिक क्षेत्र भ्रष्टहरुले भरिएको छ।
५. जमीनमा जस्तो रोप्यो, त्यस्तै उम्रने हो। राजनीतिक नेताहरुले छातीमा हात राखेर भनून् कि उनीहरुले समाजमा के रोपेका छन्। व्यवहार नराम्रो गर्ने तर बाहिर ठूलठूलो स्वरले कराएर मात्र हुन्छ? विकास निर्माणका कुरा गरेर सर्वसाधारणलाई अन्तै मोड्ने तर समाजमा व्याप्त त्यस्ता विकृति र विसंगतिको विरोधमा केही नगर्ने भएपछि सुधार कसरी हुन सक्छ?
६. नेपाल निश्चय नै शान्तिप्रिय देश हो। यहाँ एक आपसमा मैत्रीभाव थियो। सहयोगको भावना थियो। एकले अकोर्लाई मायाममता र आदरभाव दर्शाउने गरिन्थ्यो। बलात्कार, हत्या, हिंसाको घटना विरलै हुन्थ्यो। कसैले त्यस्तो गर्ने गरेमा समाजमा ऊ निन्दनीय हुन्थ्यो। बहिष्कार जस्तै हुन्थ्यो।
७. समाजले त्यस्तो गर्ने भएकाले अपराध गर्न मानिसहरु हिचकिचाउथे। अपराधगर्नेहरु हतोत्साही हुन्थे। तर आजको मूल्य र मान्यता फरक छ। समाजले निन्दित गरेको भएता पनि, अदालतले डामेको भएता पनि पार्टी र सरकारले चोख्याए पछि त्यो चोखिन्छ। यस्तो परम्पराले गर्दा हाम्रो समाजमा मानवीयमूल्य मान्यता ह्रास हुँदै गएको छ। अपराधीकरण बढ्दैछ। बाबुआमाले छोराछोरी लाई र छोराछोरीले बाबा आमाको हत्या, हिंसा गर्ने प्रवृत्ति बढ्दो छ। सरकार, राजनीतिक नेताहरु, समाजशास्त्री लगायतका समाजका अग्रजहरुको ध्यान यस क्षेत्रमा जानु आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१