सरकारको सह्राहनीय काममा भारत मौन

सम्पादक
चैत्र १६, २०७३

१. उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सोमबार विराटनगर पुगेर ६ वर्ष पहिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट मारिएका वासुदेव शाहकी पत्नी उर्मिलादेवीलाई सरकारको तर्फबाट १० लाख रुपैयाँको चेक दिएका छन्। निज शाहको २०६७ जेठ ११ मा एसएसबीको गोली प्रहारबाट मृत्यु भएको थियो ।

२. दिवंगत शाह मोरङ जिल्लाको आमाही वरियाती ७ खयरवनाका बासिन्दा थिए। उनी त्यस दिन भारतबाट केही सामान ल्याएको विषयमा केही नेपाली र भारतका एसएसवीको जवानहरुबीच भएको विवाद मिलाउन अग्रसर भएर अगाडि के बढेका थिए , एसएसवीका इन्स्पेक्टरले उनीमाथि ताकेर गोली प्रहार गरेका थिए।

३. शाह परिवारले त्यसबेलादेखि अहिलेसम्म कही कतैबाट राहतको नामबाट केही पाएको थिएन। त्यो परिवारले दयनीय जीवनयापन गदै थियो। कञ्चनपुरको गोविन्द गौतमलाई राज्यले शहीद घोषणा गरेर राहत रकम दिइरहँदा मोरङका शाह र उनको परिवार अन्यायमा परेको सामाजिक सञ्जालमा आएपछि सरकारको आँखा खुलेको रहेछ।

४. उपप्रधान तथा गृहमन्त्री निधिले सामाजिक सञ्जालले आफ्नो आँखा खोलेको जनाउँदै सञ्जालले राम्रो काम गरेका बताएका छन्। उनले त्यसपछि आफूले ६ वर्ष पहिलेको फाइलहरु खोलेको र सत्य तथ्य थाहा भएपछि सरकारबाट उक्त रकम निकासा गरेको उल्लेख गरेका छन्। मन्त्रीको त्यो प्रयासलाई धेरैले प्रशंसा गरेका छन्।

५. सरकारले राहत रकम त प्रदान गरेको छ, तर परिवारले चाहेअनुसार शहीद घोषणा गरेको छैन। उनलाई शहीद घोषणा गर्नुपर्दछ भन्ने स्वर चर्कदै गएको छ। मधेसी मोर्चाले पनि शहीद घोषणाको माग गरेको छ। तर यी पंक्ति लेखिँदासम्म सरकारले यस सम्बन्धमा कुनै निर्णय गरेको छैन।

६. उपप्रधान तथा गृहमन्त्री निधिले कञ्चनपुरका गोविन्द गौतमको पोष्टमार्टम रिपोर्ट लगायत भारत सरकारलाई दिएको हप्तौं भएको छ। तर भारत सरकारले त्यस सम्बन्धमा केही भनेको छैन। भारत सरकारले यस विषयमा न्याय दिनेछ भन्ने यहाँ सबैले आशा अपेक्षा गरेका छन्। तर अझसम्म भारत मौन रहँदा नेपालीहरुको मनमा सन्देह उत्पन्न भएको छ।

७. नेपालीहरुले यसबीच २०१७ सालमा चीनका जनमुक्ति सेनाका जवानले मुस्ताङमा नेपाली सुवेदार बमप्रसादलाई गोली प्रहार गरी मारिएको र त्यो मारिएको कारण चीन सरकारले माफी मागेको र ५० हजार क्षतिपूर्र्ति दिएको घटना झल्झली सम्झिरहेका छन्। नेपालीहरु भारतीय सरकारले पनि त्यसैगरी उदारता प्रदर्शन गरी पश्चाताप गरोस्, माफी मागोस् र क्षतिपूर्र्ति देओस् भन्ने चाहन्छन्। तर भारतले त्यस सम्बन्धमा अहिलेसम्म मुख खोलेको छैन। नेपालीहरु उसले छिटो त्यो निर्णय गरोस् भन्ने चाहिरहेका छन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width