१. वर्तमान राजनीतिमा अत्यन्त संभावना बोेकेका नेताका रुपमा परिचित संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको बुधबार अपरान्ह हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ। उनी सहित हेलिकप्टरमा सवार पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पा, नागरिक उडड्यन प्राधिकरणका उपमहा निदेर्शक वीरेन्द्र श्रेष्ठ र निदेर्शक धु्रव भोछिभोय, उपसचिव युवराज दाहाल, क्याप्टेन पाइलट प्रभाकर के.सी. र मन्त्रीका अंगरक्षक जमदार अर्जुन घिमिरेको पनि निधन भएको छ ।
२. मन्त्री अधिकारीको नेतृत्वमा त्यो टोली तेह्रथुमको चुहान डाँडास्थित प्रस्तावित विमान स्थलको सम्भाव्यता अध्ययन गर्न हेलिकप्टर चढेर बुधबार विहान त्यसतर्फ गएको थियो। टोली काठमाडौं फर्कने क्रममा ताप्लेजु·को पाथीभरा मन्दिरको दर्शन गरी उडेको १/२ मिनेट भित्रै टोली र सिस्ने खोलामा दुर्घटना ग्रस्त भएको थियो ।
३. त्यसरी दिवंगत भएकाहरु सबै आ–आफ्ना क्षेत्रका होनहार व्यक्ति हुन्। उनीहरुको दुःखद् निधनले एक दशक भन्दा पहिले त्यसै क्षेत्रतिर पूर्वमन्त्री डा. हर्क गुरु·, तात्कालीन मन्त्री गोपाल राई लगायतको जहाज दुर्घटनालाई सम्झाएको छ। ती दुवै दुर्घटना खराब मौसमको कारण भएको बुझिएको छ ।
४. कास्की पोखरा स्थित भरतपोखरीका रवीन्द्र अधिकारी विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रिय भएर लागेका थिए। उनी मिलनसार थिए। सबैसँग मिल्थे र जे काम गर्नमा पनि तत्परता देखाउँथे। अग्रसर हुन्थे। उनको त्यही गुणले २०४४ मा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसका अध्यक्ष, २०४५मा अनेरास्ववियु कास्कीका अध्यक्ष, २०५३ मा त्रिविवि स्ववियुको सभापति निर्वाचित भएका थिए। त्यतिमात्र होइन, २०५६ मा उनी अनेरास्ववियुका केन्द्रीय अध्यक्षसमेत भएका थिए ।
५. उनको त्यो विद्यार्थी जीवनको नेतृत्वदायी भूमिका लोभलाग्दो थियो। जसको धेरै प्रशंसा हुने गर्दथ्यो। उनको राजनीतिक जीवन पनि त्यस्तै उल्लेख्य रह्यो। उनी २०६० र २०६३ मा दुई कार्यकाल एमाले कास्कीका सचिव भए। संविधान सभाको दुई चुनाव उनले जितेका थिए भने त्यसपछिको संसदको चुनाव जितेर हेट्रिक गरेका थिए। विगत एक वर्षदेखि उनी जल्दोबल्दो सक्रिय मन्त्रीका रुपमा देखा परेका थिए ।
६. विकास र निर्माणमा उनको विशेष रुचि थियो। केही नयाँ काम गर्न उनी सधैं अग्रसर हुन्थे। संसदको विकास समिति र लेखा समितिमा रहेर उनले केन्द्रीय राजनीतिमा राम्रो प्रभाव पारेका थिए। सम्भावना बोकेका युवा मन्त्रीका रुपमा उनको चर्चा हुने गरेको थियो। उनी मन्त्री भएर पनि उत्तिकै सक्रिय थिए ।
७. २०२६ सालमा जन्मेका उनी भद्र स्वभावका थिए, जुझारु थिए, उत्साही थिए, सधैं हँसमुख भइरहने भएकाले उनी सबैका प्रिय थिए। हेलिकप्टर दुर्घटनामा परी भएको उनको निधनले राष्ट्रलाई चोट पुर्याएको छ। सरकारले उनको निधनमा बिहीबार राष्ट्रिय शोक दिवस घोषणा गरेको थियो। हामी उनी र उनको साथ निधन भएकाहरुको निधन प्रति गहिरो शोक प्रकट गर्दछौँ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१