सभापति सुशीलको सम्पन्न भारत भ्रमण

सम्पादक
श्रावण २७, २०७०

१. नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला ६ दिने भारत भ्रमण पूरा गरी शुक्रबार अपरान्ह स्वदेश र्फकेका छन्। स्वदेश र्फकने क्रममा उनले आफ्नो भारत भ्रमण पूर्ण रूपमा सफल भएको बताएका छन्। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेपछि पत्रकारसँगको भेटमा भारतसँग सद्भाव बढाउन र पार्टीपार्टीबिचको सम्बन्ध सुधार गर्न भ्रमण सफल रहेको उल्लेख गरेका छन्।

२. भारतले सभापति सुशील कोइरालाभन्दा पहिले पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवालाई भ्रमणमा बोलाएको हुँदा तरह-तरहका शड्ढा आशड्ढा गरिएको थिाये। एकपटक प्रधानमन्त्रीका रूपमा उनको नाम प्रस्तावित हुँ’दा त्यसलाई एकीकृत माओवादीले नमान्दा विश्लेषकहरूले भारतले नमानेको भनी बुझेका थिए।

३.     भारतले अहिले स्वयं उनलाई बोलाएपछि त्यो भ्रम हटेको विश्वास गरिएको छ। सुशील कोइराला सरल र सोझा मानिस हुन्। उनले त्यहाँ आफ्नो स्वभाव अनुसार कुरा गरेको बुझिएको छ। उनले पुष्पकमल दाहालले झैं भारत, चीन र नेपालको त्रिदिवसीय विकासको कुरा नगरी आफ्नो देशले भोगेको वर्षायाममा तराई क्षेत्र जलमग्न भएको कुरा उठाएका छन्।

४. भारतले आफ्नो सीमावर्ती क्षेत्रमा बाँध र तटबन्ध निर्माण गर्दै गरेपछि नेपाली भू-भाग जलमग्न हुने, बाढी पहिरो आउने गरेका छन्। उनले त्यसको रोकथामको कुरा गरेका छन् र त्यसका लागि संयुक्त टोली गठन गरी के कसरी दुवै पक्षलाई नोक्सानी नहुने उपाय गर्ने त्यतातिर सोच्न आग्रह गरेका छन्। त्यसका लागि उनी उत्तर प्रदेश र विहारका मुख्य मन्त्रीहरूलाई भेट्न त्यहाँ पुगेका थिए।

५. उनको आग्रहलाई त्यहाँको सरकारले के कति गम्भीरतापूर्वक लिन्छ, त्यो निकट भविष्यले देखाउने छ। एकीकृत माओवादी अध्यक्ष दाहालले मागेको ५० मेघावाटको बिजुली भने अहिलेसम्म दिएको छैन। देउवाले सुदूरपश्चिमको लागि मागेको विकासका कुरा कति अघि बढ्यो, त्यो पनि थाहा हुन सकेको छैन। नेपाली नेताहरूले माग्दै जाने उनीहरूले हुन्छ भन्दै जाने कथा नहोस्, सोच्नुपर्ने कुरा यो पनि हो।

६.     विदेशीहरूसँग कुरा गर्दा त्यो रिर्कर्डेड हुनुपर्दछ र त्यसलाई बराबर घच्घच्याउनुपर्दछ र आफूले त्यहाँ दिएको बचन पनि पूरा गर्नुपर्छ। संविधान बन्छ भनी नेपाली नेताहरूले संसारका नेताहरूलाई भने तर संविधान बनाउन सकेनन्। उनीहरूलाई त्यसको के प्रभाव पर्‍यो होला, त्यो सम्झनुपर्दछ। अहिले पनि सबै नेताहरू निश्चित तिथिमा चुनाव हुन्छ भन्दैछन्। त्यसरी भनेको कुरा पूरा गर्नैपर्दछ।

७. भारत भ्रमण लाभप्रद रहेको हुनुपर्दछ। भ्रमणले भ्रमहरू हटाएको प्रत्यक्ष अनुभव गरिएको छ। उनले लक्ष्मणपुर बाँधलगायतका तटबन्धको कुरा उठाएर राम्रो गरेका छन्। त्यसबेला नेपाली काङ्ग्रेसको सम्बन्ध त्यहाँका समाजवादी पार्टीर त्यसका नेताहरूसँग हुन्थ्यो भने अहिले काङ्ग्रेससँग प्रत्यक्ष सम्बन्ध राख्नु र त्यसलाई दरिलो पार्न खोज्नु पार्टीका लागि सकारात्मक कुरा हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width