सञ्चारमा हडताल गर्नु हानिकारक

सम्पादक
भाद्र १३, २०७१

१. अरुको हक अधिकार हनन् हुँदा त्यसका लागि सशक्त र स·ठित रूपले आवाज उठाउने पत्रकार क्षेत्र आफूमाथि समस्या आइपर्दा के-कति निरीह हुन्छ भन्ने कुरा अहिले देखिएको छ। देशको सर्वाधिक सशक्त र प्रभावकारी सञ्चार गृह कान्तिपुर प्रकाशन गृह हो। त्यस प्रकाशन गृहको वितरणमा प्रभावित हुने गरि हडताल भएको धेरै दिन भएको छ। तर, त्यसलाई खुलाउन सकिएको छैन।

२. नेकपा-माओवादीसँग आवद्ध छापा मजदुर स·ठनले हडताल गरेकाले वितरण व्यवस्था प्रभावित भएको छ। सर्वसाधारणले धेरै दिनदेखि कान्तिपुर प्रकाशनका पत्रिकाहरू पढ्न पाएका छैनन्। यस अर्थमा जनताको सुसूचित हुने अधिकार हनन् भएको छ। जनताको सुसूचित हुने अधिकार हनन गर्नुलाई कदापि राम्रो मान्न सकिन्न। त्यो निन्दनीय कार्य हो।

३. त्यस्तो निन्दनीय कार्य गर्दा पनि नेपाल पत्रकार महासङ्घ र अन्य सङ्घसंस्थाहरूले सशक्त आवाज उठाएको देखिएन। केही संस्थाले औपाचारिकता पुर्‍याउन विज्ञप्ति निकालेका छन्। तर त्यो प्रभावकारी देखिएन। केहीले यसलाई कान्तिपुरलाई परेको समस्याका रूपमा मात्र हेरेका छन्। तर यो रोग जताततै सर्न सक्दछ।

४. विगतमा हामीले धेरै बन्द हडताल भोग्यौं।बन्द हडतालबाट वाक्क-दिक्क भएर केही सञ्चार माध्यम बन्द पनि भए। दश वर्ष जनयुद्धको तीतो अनुभव हामीसँग छ। श्रमिक मजदुरलगायत सबैले आफ्ना मागहरू राख्न सक्छन्। राख्नु पनि पर्दछ। तर आफ्नो माग पूरा गराउन अर्काको हक अधिकार हनन गर्नुहुँदैन।

५. यो कुरा राजनीतिक पार्टीर पार्टीका नेताहरूले बढी सोच्नुपर्ने विषय हो। राजनीतिक पार्टीरू पनि सत्तादेखि बाहिर रहँदा त्यसको एउटा दृष्टिकोण रहन्छ भने सत्तामा पुगेपछि सञ्चार माध्यमप्रति त्यसको धारण परिवर्तन हुन्छ। त्यसैकारण सञ्चार क्षेत्र सधैँ प्रतिपक्षी भएको देखिन्छ।

६. लोकतन्त्रकमा विश्वास गर्ने पार्टीरूको अवस्था त त्यस्तो हुन्छ भने लोकतन्त्र नमान्ने पार्टीरूको विचार कस्तो होला – लोकतन्त्र नमान्ने पार्टीरू आफूलाई र आफ्नो लागि सबै हक अधिकार चाहन्छन्। तर तिनीहरू अरुलाई त्यो दिन चाहँदैनन्। तिनीहरूको त्यही स्वभावको कारण लोकतन्त्र भन्दा कहिलेकाहीँ तिनीहरू नाक खुम्च्याउने गर्दछन्।

७. कान्तिपुरको प्रकाशन गृहको वितरण बन्द भएको धेरै दिन भएको छ। यसलाई अरु लम्ब्याउनुहुँदैन। यसमा नेपाल पत्रकार महासङ्घ अरु सम्बद्ध संस्थाहरूले सशक्त भूमिका खेलेर त्यहाँ भएको हडताल खुलाउने व्यवस्था गर्नुपर्दछ। त्यहाँका मजदुरले पनि हडतालबाहेक अरु माध्यम अपनाएर वितरण चालु गर्नु गराउनुपर्दछ। सञ्चार माध्यममा लामो समय त्यसरी बन्द गरी राख्नु सबैका लागि हानिकारक हुन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width