संविधान र्सवस्वीकार्य गर्ने प्रयास

सम्पादक
भाद्र १९, २०७१

१. सरकार र प्रमुख राजनीतिक दलहरूले आगामी संविधान र्सवस्वीकार्य बनाउने प्रयास गरिरहेका छन्। तिनीहरूले त्यसो गर्न चुनाव बहिस्कार गरी संविधानसभा बहिस्कारका वैद्य नेतृत्वका माओवादीसहितका पार्टाहरूलाई समेटेर राजनीतिक सभा घोषणा गर्ने विचार गरिरहेका छन्।

२. सामान्यतया राजनीतिक सभा र्सवदलीय बैठक आदिको आवश्यकता छैन। र्सार्वभौम सत्ता सम्पन्न जनताबाट निर्वाचित संविधानसभाले संविधान बनाउन सक्छ। तर त्यसो भए तापनि भोलि फेरि कुनै किसिमको कचि·ल उत्पन्न नहोस् भनेर ती पार्टाहरूले राजनीतिक सभाको अवधारणा ल्याएका छन्।

३. नेकपा-माओवादीले हिजो चुनाव नै गर्न नदिने धम्की दिएको थियो। त्यस पार्टाका महासचिव रामबहादुर थापाले र्सार्वजनिक ठाउँमा ब्यालेट बक्स फुटालेर समाजमा भय र त्रास उत्पन्न गरेका थिए। तर जनताले त्यसलाई किञ्चित पनि ख्याल राखेनन्। जसको परिणाम धेरै प्रतिशत मतदान भयो।

४. त्यसपछि त्यस पार्टाले संविधानसभाले संविधान बनाउनै सक्दैन। संविधानसभा भ· गर्नुर्पर्दछ भन्दै र्सवदलीय सभाबाट संविधान घोषणा गर्ने र कहिले सडकबाट संविधान बनाउने कुरा ल्याउने गरेको छ। कतिपय कम्युनिष्ट देशहरूमा सरकार र सरकारका अ·हरू केही नहुँदा सडकबाट संविधान जारी गरिएको बताउने गरिएको छ।

५. तर अहिले नेपालको स्थिति त्यस्तो छैन। यहाँ सरकार छ। सरकारका सबै अङ्ग छन्। संविधान बनाउने उद्देश्यले विधिवत गठन गरिएको संविधानसभा छ। कानुनसम्मत बाटो छ भने गैरकानुनी बाटो किन जाने, यो कुरा उनीहरूले बुझ्नर्ुपर्दछ। कुन बेला कुन देशमा सडकबाट संविधान घोषणा गर्‍यो भनेर अहिले पनि त्यस्तै गर्नुर्पर्दछ भन्नु श्राद्धमा बिरालो बाँध्ने कामजस्तै हो।

६. प्रगतिशील विचार राख्ने र आफूलाई अग्रगामी सोच राख्ने भन्न रुचाउनेहरूले उहिलेको बाजेको पालाका कुरा अहिले ल्याएर किन जिद्दी लिन्छन्, यो बुझ्न नसकिने भएको छ। उनीहरूले जे जस्तो सोचे पनि उनीहरूलाई पनि संविधानको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहभागी गराउने सरकारको प्रयासलाई राम्रो मान्नर्ुपर्दछ।

७. सरकार र संविधानमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूले संविधानलाई र्सवस्वीकार्य गर्ने उद्देश्यले गरेको प्रयासलाई राम्रो मान्नर्ुपर्दछ। त्यो उदारता पनि हो। यो अवसरको फाइदा उठाएर नेकपा-माओवादी लगायतका दलहरू र्सवदलीय सभामा आउर्नुपर्दछ र आफ्नो कुरा चित्तबुझ्दो किसिमले भनेर संविधानमा घुसाउने प्रयास गर्नुर्पर्दछ। यस्तो अवस्थामा कसैले फेरि भोलि आन्दोलन गर्छौ, जनयुद्ध गर्छौ भन्ने सोच बनाउनुहुँदैन। संविधान बनाएपछि सबै नेपाली आर्थिक उन्नति गर्ने काममा लाग्नर्ुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width