संविधान बनाउने काममा अवरोध

सम्पादक
भाद्र १०, २०७१

१. हाम्रा नेताहरूले माघ ८ गते संविधान आउँछ भनि जे-जति आशा जगाएको भएता पनि त्यो आशा क्रमशः कम हुँदै गएको छ। सत्ता पक्षीय पार्टीहरू नेपाली काङ्ग्रेस र एमाले विवादित विषयलाई प्रक्रियामा लगेर टु·याउने पक्षमा छन् भने एमाओवादी आफूले भने जस्तो भएन भने कार्यगत एकताको नाममा संविधान भित्र र बाहिरका पार्टीँग मिलेर आन्दोलन गर्ने विचारमा पुगेको छ।

२. एमाओवादीले आफ्नो मोर्चा तयार गरिरहेको छ। भित्र र बाहिरका साना दलहरूलाई पनि एमाओवादी पार्टीसहयोगीको रुपमा पाउनु एउटा अवसर हो। यस्तो अवस्थामा सत्तारुढ पार्टीहरू र प्रतिपक्षमा रहेका पार्टीहरू बीच मतभेद बढ्दै गएको छ। त्यही मतभेदका कारण अस्ति बसेको तीन ठूला दलको बैठक टुङ्गोमा नपुगी स्थगित भएको छ।

३. सत्तारुढ पार्टीहरूले संविधानसम्बन्धी कुरा ल्याउनु पूर्व अन्य सहमति आदि पूरा गर्नु पर्ने भएको छ। त्यसले निर्वाचनमा धाँधली छानविन गर्न संसदिय समिति, सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता आयोग आदि गठन गर्नु पर्ने भएको छ। त्यो भन्दा ठूलो कुरा पहिलो संविधान सभाको जस्तै संविधान सभा बाहिर राजनीतिक संयन्त्र बनाउने र त्यसको संयोजक एमाओवादी अध्यक्ष दाहाललाई तोक्नु पर्ने भएको छ।

४. अन्य आयोग छिट्टै गठन गर्नु राम्रो कुरा हो। सहमति भएको कुरा छिटै पूरा गर्नु पनि पर्दछ। आत्तिएको बेलामा जे पनि सहमति गर्ने परिपाटीले पछि कार्यान्वयन नगर्दा अनावश्यक विवाद पैदा हुन्छ। राजनीतिमा उत्पन्न अधिकांश विवाद त्यस्तै कार्यान्वयनको अभावमा आउने गरेका छन्।

५. तर जहाँसम्म राजनीतिक संयन्त्रको कुरा छ, हिजोको अनुभवबाट त्यो बेकार सावित भएको छ। त्यो समिति नभएको भए, हिजो आखिरी दिनमा संविधान सभाको बैठक बस्ने थियो। बैठक बसेपछि केही न केही निर्णय गर्दथ्यो। त्यसले एउटा बाटो लिएको भए देश यसरी नराम्ररी अन्धकारमा जाकिने थिएन।

६) राजनीतिक संयन्त्र भनेको एक सिण्डिकेट हो। त्यो सिण्डिकेट भएपछि अरु सभासदले बोल्ने कुरा पनि भएन। त्यसबेला सभासदको अवमूल्यन भएको धेरैले अनुभव गरेका थिए। सभासदकै अवमूल्यन हुने त्यस्तो संयन्त्र फेरि किन बनाउन खोजिदैछ, यो बुझ्न नसकिने भएको छ।

७) अहिले सबभन्दा ठूलो कुरा भनेको संविधान बनाउने हो। संविधान मुख्य बाटोमा अरुहरु अवरोध तेसाउँदै जानु संविधान बनाउन नदिनु हो। त्यस कारण कुनै पनि शक्तिले संविधान बनाउने कुरा रोक्नु हुँदैन। कसले, के वहाना बनाएर रोक्छ, त्यो जनताले नियालिरहेका छन्। जनताको आशामा दलहरूको कार्यशैलीले निराशपन आएको छ। यो क्रमलाई रोकेर संविधान निर्माण कार्यलाई निरन्तरता दिनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width