संविधान निर्माणमा अझै बिलम्ब 

सम्पादक
चैत्र ३, २०७१

१. संविधान निर्माणका लागि निर्णायक वार्ता हुने समाचारबाट आशावादी भएका जनता वार्ता असफल भएपछि निराश भएका छन्। वार्ता असफल भएको मात्र होइन कि अब  दुर्इ पक्षबीच वार्ता कहिले हुन्छ भन्ने पनि अनिश्चित छ। लामो समयपछि वार्ताको टेबुलमा आएका नेताहरू फेरि टाढा पुगेका छन्।

२. फागनु १६ गते काठमाडौंको विशाल जुलुशबाट सत्तारुढ पार्टीरू काङ्ग्रेस र एमाले केही झुक्दछन् कि भनी आशा गरेका एमाओवादी र मधेशवादी पार्टीरूले वार्ताको टेबुलमा त्यो आशा नदेखेपछि फेरि आन्दोलनको तयारी गर्न थालेका छन्। तिनीहरूले दोस्रो चरणको भनी चैत महिनाभरिको आन्दोलनको घोषणा गरेका छन्।

३. उता सत्तारुढ काङ्ग्रेस र एमाले सहमतिमा संविधान नबने प्रक्रियामा जानका लागि तयार देखिएका छन्। उनीहरू संविधान सभाको बनोट र उत्तर-दक्षिण, पूर्व-पश्चिम जताततै फर्केका पार्टीरू हेर्दा प्रक्रियामा जानुलाई अनिवार्य सम्भिफन थालेका छन्। त्यसैले उनीहरू प्रक्रियाको लागि प्रश्नपत्र तैयार गर्नु नै आÇनो जित सम्भिफदै छन्।

४. एकातिर एउटा पक्ष आन्दोलनबाट शक्ति आर्जन गर्दै छ भने अको पक्ष भित्रबाट मजबुत हुने कोसिस गरिरहेको छ। ती दुर्इमध्ये कसले कसलाई हराउने हो, निश्चित छैन। सहमतिमा आउन चाहनेले हार र जितको कुरा गर्न नहुने हो, तर सहमति भन्दै आफूले जित्नै पर्ने मानसिकतामा  दुबै लागेका छन्। उनीहरूमा निहित यही प्रवृत्तिले स्थिति जटिल बन्दैछ।

५. संविधान बन्न ढिलाइ भएको र अन्तरिम काल लम्बिएकाले समाजमा धेरै विकृति र विङ्गति बढेको छ। अपराधका घटना बढेका छन्। पहिले नसुनिएका जघन्य अपराध अहिले भइरहेका छन्। भ्रष्टाचार उस्तै गरी मौलाएको छ। भ्रष्टाचार विरुद्धको कार्यालय र संस्थामा काम गर्नेहरूले पनि भ्रष्टाचार गरेका तथ्य निरन्तर सार्वजनिक भइरहेका छन्।

६. स्थिति कहालीलाग्दो छ। उता, छ सय एक जना सदस्य भएको जम्बो संविधान सभालाई प्रत्येक महिना मोटो रकम तलब, भत्ता दिएर विगत पाँच वर्षदेखि पाल्नु परेको छ। त्यस दृष्टिले विचार गर्दा हाम्रो संविधानको मूल्य कति पर्ने हो – गरिब देशको संविधान संसारको सबैभन्दा धेरै महंगो हुने भएको छ। फेरि अकोर्तिर, विदेशी हस्तक्षेप उत्तिकै बढेको छ। उनीहरूले प्रत्यक्ष रुपमा ‘यसो गर र त्यसो गरु भन्न थालेका छन्।

७. यी सबै हेर्दा सहमतिमा पुग्नु आजको आवश्यकता हो। तर नेताहरूले यो आवश्यकताका अनुभूति गरेका छैनन्। उनीहरू अडान भन्दै जुँगाको लडाइ लड्दै छन्। कोही हट्ने पक्षमा छैनन्। देश नरामो चक्रब्यूहमा फसेको छ। संविधान निर्माण गर्ने कार्य अझै बिलम्ब हुने भएको छ। कति विलम्ब हुने हो, त्यो पनि निश्चित छैन। अनिश्चय र अन्यौलको खाडलमा हामी दिनहुँ भाँसिएका छौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width