संविधानसभामा सत्र भाइ मनोनयन

सम्पादक
भाद्र १५, २०७१

१. सरकारले लामो समयको प्रतीक्षा शुक्रबार १७ सभासद्को मनोनयन गरेको छ। संविधानसभाको निर्वाचनलगत्तै कुल २६ जना मनोनीत गर्नुपर्नेमा नौ महिनापछि बल्ल १७ जनाको मनोनयन गरिएको छ। मनोनीत भएका सभासदमध्ये ८ नेपाली काङ्ग्रेस, ८ जना एमालेका र एक राप्रपा नेपालका छन्।

२. नेपाली काङ्ग्रेसको सिफारिसमा मनोनीत भएकामा राधेश्याम अधिकारी, शिवबहादुर खड्का, पुष्कर आचार्य, रेशम बानियाँ, सकलदेव सुनिहार, सूर्यदेव दास उराव, उमेश श्रेष्ठ र अनिलकुमार रुङ्टा छन्। उमेश श्रेष्ठ र रुङ्टाबाहेक अरु नेपालीका काङ्ग्रेसका विभिन्न तहमा रही सक्रिय नेता हुन् भने श्रेष्ठ निजी बोर्र्डिङका सञ्चालक र रुङ्टा वीरगञ्जका व्यापारी हुन्।

३. एमालेको कोटाबाट मनोनीत भएकामा अग्नि खरेल, उदय नेपाली श्रेष्ठ, गंगादेवी डाँगी, मीरा ध्वजु, पेम्बा भोटे, नरेश खरेल, डा. राजन भट्टराई, पर्वमान धिमाल छन्। खरेल पूर्व सभासद् हुन् भने श्रेष्ठ पूर्व कनुन सचिव भएर रिटायर्ड कर्मचारी हुन्। नरेश खरेल झापाकाण्डका अगुवा हुन्। ध्वजु महासचिव इश्वर पोखरेलकी पत्नी हुन्। भोटे र धिमाल जनजाति र अन्य संस्थाकामध्येका हुन्।

४. राप्रपा नेपालबाट सिफारिस भएका गणेश थापा अध्यक्ष कमल थापाका सहोदर भाइ हुन्। उनी अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष छन्। एमाओवादी पार्टीको कोटामा परेका ४ सिट र अन्य पार्टीको कोटामा परेकाको सिफारिस भएको छैन। सरकारद्वारा गरिएको यो मनोनयन एकदमै ढिलो भएको छ। तैपनि अहिले मनोनीत भएकोमा धेरैले सन्तोष जाहेर गरेका छन्।

५. एकताका मनोनीत गरिने २६ सिट संसद् बाहिर रहेका नेकपा-माओवादी लगायतकालाई दिएर तिनीहरूलाई संसद्भित्र लैजान मनोनीत गरिएको चर्चा पनि चलेको थियो। तर अहिले १७ जनाको मनोनीत भएपछि नेकपा-माओवादीका सम्बन्धमा कुरा के कसो भएको छ, त्यो प्रष्ट भएको छैन।

६. तर केही दिनदेखि सरकारविरोधी कुरा चको रूपमा आउन थालेको छ। संसद् अवरुद्ध छ। संविधान माघ ८ गते आउनेमा शड्ढा व्यक्त गरिएको छ। संविधानको तालिकामा पनि फेरबदल गर्नुपर्ने अवस्था आउँदैछ। यो स्थितिको दोष नेताहरूले एकले अकोर्माथि लगाउन थालेका छन्।

७. राजनीतिक वातावरण धमिलो हुँदै जान थालेको छ। नेताहरूको भाषा कडा हुन थालेको छ। विरोधका गतिविधि पनि यताउता हुन थालेका छन्। यी सबै कुराले राम्रो सड्ढेत दिँदैन। त्यसकारण नेताहरूले पुनर्मूल्याड्ढन गर्नुपर्‍यो। स्थिति सम्हाल्नुपर्‍यो। जसरी भए पनि माघ ८ गते संविधान घोषणा गर्नुपर्‍यो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width