संविधानसभामा महिलाको संख्या

सम्पादक
पौष २, २०७०

१. संविधानसभाको निर्वाचनमा थोरैमात्र महिलाहरु निर्वाचित भएकोमा त्यो आज सबैको चासो र चिन्ताको विषय भएको छ । निर्वाचनमा एक दर्जनको संख्यामा पनि महिला उम्मेदवार निर्वाचित भएनन् । त्यसो भएकाले अधिकारकर्मीहरु समानुपातिकमा महिलाको संख्या अत्याधिक हुनुपर्नेमा जोड दिन थालेका छन् ।

२.अधिकारकर्मीहरु पार्टीको ढोका घचघचाउन उठदैछन् । पार्टीका नेताहरुलाई अहिले समस्या परेको छ । समानुपातिकमा महिला, दलित, आदिवासी, जनजाति लगायत सबैको समानुपातिक वितरण गर्नुपर्ने उनीहरुको बाध्यता छ । प्रत्यक्ष निर्वाचनमा जनजाति, आदिवासी, दलितहरु पनि ज्यादै न्यून संख्यामा निर्वाचित भएका छन ।

३.अधिकारवादी महिलाहरुको केही संख्याले चुनावपूर्व महिलाले महिलालाई भोट दिनुपर्ने प्रचार पनि गरेका थिए । त्यो अपील सुनिएको भए शायद धेरै महिला प्रतिनिधिहरु निर्वाचित हुन्थे । गत संविधानसभामा भन्दा अहिले न्यून संख्यामा निर्वाचित हुन अधिकारवादीहरुको दृष्टिमा चिन्ताको विषय हो ।

४.हाम्रो समाज पितृप्रधान समाज हो । यहाँ पुरुषहरुको बोलवाला छ । त्यसमा पनि धर्मशास्त्र र पुराणहरुले पनि भेदभावको नीति लिइरहेका छन्  र पुरुषहरुलाई माथिल्लो तहमा राखेका छन् । तर त्यो भेदभावको विरुद्धका महिलाहरुको सशक्त आवाज बुलन्द हुन सकेको छैन । धर्मशास्त्रको विधि-विधानअनुसार हाम्रो संस्कार र परम्परामा निर्धारित भएका छन् ।

५. महिलालाई देवी पनि भनिन्छ, कन्या अवस्थामा पुजिन्छ पनि । तरुनी भएपछि उनीहरु नै बलात्कृत हुन्छन् । अझ तिनै महिलाहरुलाई बोक्सी र अलच्छिनीसमेत भन्छन्, घरपरिवारबाट निकालिन्छन् । र, एकजना महिला अबला बनेर तिरस्कृत हुन्छिन् । हाम्रो समाजको यो एक वास्तविक चित्र हो ।

६. हामी क्रान्तिका कुरा गछौ, परिवर्तनका कुरा गछौ तर घरपरिवारमा हेर्दा महिला सदस्यले कुनै न कुनै किसिमले यातना भोगिरहेका पाउँछौ । महिलाबाट महिला शोषित भएको पनि प्रशस्त देखिन्छन् । हामी बहुविवाहको विरोध गर्दछौ तर दोस्रो श्रीमती भएर जानेहरु पनि प्रशस्त भेटिन्छन्  । यस्ता कुरामा परिवर्तन ल्याउन अझ हामीले हाम्रो मानसिकतामा धेरै परिवर्तन गर्नुपर्दछ ।

७. तर यस्तो परिवर्तन त्यसै आउँदैन । त्यसको लागि गहन चिन्तन र मनन्को खाँचो पर्दछ । चेतनाको आवश्यकता पर्दछ । शिक्षाको ज्योति प्रज्वलित पार्नुपर्दछ र काम कुराहरुमा महिलाहरुको कुरा सुन्ने र महिलाहरुलाई प्राथमिकता दिने बानी बसल्नुपर्दछ । संविधानसभामा पनि उनीहरुलाई प्राथमिकता दिएर छनौट गर्नुपर्दछ । यस्तो बानीलाई हामीले संस्कृतिको रुपमा विकास गर्नुपर्दछ । परम्परा र संस्कृति भएपछि त्यो लामो समय टिक्छ र त्यसले सहजता पनि प्राप्त गर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width