शहीद सप्ताह र शुक्रराज शास्त्री

सम्पादक
माघ १२, २०७१

१. अहिले हामी शहीद सप्ताह मनाइरहेका छौँ। १९९७ सालमा राणा शासनले शहीद बनाएका चार शहीद -शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ) लाई सम्भेर उनीहरूको योगदानको उच्च मूल्याड्ढन गरी उनीहरूप्रति श्रद्धा सुमन अर्पण गरिरहेका छौँ। उनीहरूले देश र प्रजातन्त्रका लागि आफ्नो प्राण उर्त्र्सग गरेका थिए।

२. ती अमर शहीदमध्ये शुक्रराज शास्त्रीलाई राणा सरकारले सबभन्दा पहिले अर्थात १९९७ साल माघ १० गते फाँसी दिएको थियो। त्यसैले उनलाई शहीद शिरोमणि पनि भन्दछन्। त्यसपछि एकै हप्ताभित्र अन्य तीन जनालई पनि शहीद बनाएको थियो। त्यही अमर शहीदहरूको सम्झनामा शहीद सप्ताह मनाउने गरिएको छ।

३.सबभन्दा पहिले शहीद भएका शुक्रराज शास्त्री १९५० श्रावण पूणिर्माका दिन जन्मेका थिए। भारतको वनारसमा जन्मेका उनको प्रारम्भिक शिक्षा त्यहीँ भएको थियो। त्यसपछि उनले दरवार हाइस्कुलमा पढे र उच्च शिक्षा पढ्न भारत गए। उनले भारतमा वेदान्त शास्त्रमा शास्त्री पास गरे। उच्च श्रेणीमा शास्त्री पास गरेकाले उनलाई जोशी नभनी शास्त्री नै भनिएको हो।

४. भारतको प्रयागस्थित संस्कृत विद्यालयमा उनी हेड पण्डित भए। डी.बी.ए. हाई स्कुलको प्रधानाध्यापक भए। त्यस बेला उनले हिन्दी भाषामा अनेक ग्रन्थ लेखे। त्यसमध्ये उनको ब्रहृम सूत्र शंकर भाष्य उच्च कोटीको मानिन्छ। उनले नेवारी भाषामा पनि धेरै लेखे। उनले लेखेको नेपाली भाषा रिडर धेरै लोक प्रिय भएको थियो।

५. उनी नेपाल फर्केर धेरै समाजोपयोगी काम गरे। उनले शिक्षा ज्ञानको ज्योति हो भनी शिक्षा क्षेत्रमा हात हाले। नारीलाई शिक्षित पार्नुर्पर्दछ भनी प्रयास गरे। १९९४ मा उनले आफ्नै अध्यक्षतामा नेपाल नागरिक समिति गठन गरे र गीताको व्याख्यामार्फत नागरिक अधिकारका सम्बन्धमा व्याख्या गर्दै हिँडे। उनको व्याख्या सुन्न मानिसहरू थुप्रै जम्मा हुन थाले।

६. शुक्रराज शास्त्री विद्वताले भरिएका व्यक्ति थिए। राणा सरकारले उनलाई सुरुमा गोरखा भाषा प्रकाशिनी समितिमा जागिर पनि दिएको थियो। तर उनको आकांक्षा राणाको जागिरबाट सन्तुष्ट हुन सकेन। उनले आफूले लेखेको किताब स्र्वर्गको दरबारझैँ देशरूपी आफ्नो घरलाई स्र्वर्गको दरबार बनाउने चाहन्थे। तर त्यसो गर्न राणा शासन काँडाको रूपमा रहेको थियो।

७. ती अमर शहीदहरूले हाँसी हाँसी आफ्नो जीवन उर्त्र्सग गरे। अन्य पनि कतिपय वीर सपुतहरूले आफ्नो जीवन प्रजातन्त्रका लागि अर्पण गरेका छन्। तर उनीहरूको त्याग तपस्याको उचित कदर भएको छैन, प्रजातन्त्र अझै पनि संकटमा छ। देशले एउटा संविधान पाउन सकेको छैन। नेताहरूले शहीदहरूबाट पटक्कै प्रेरणा लिएका छैनन्। प्रेरणा लिएको भए यस्तो गति हुने नै थिएन। यिनै कुरा उल्लेख गरी हामी ज्ञात अज्ञात सम्पूर्ण शहीदहरूप्रति श्रद्धा सुमन अर्पण गर्दछौँ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै