१. पूर्व सभामुख कृष्णबहादुर महरा जबरजस्तीकरणी उद्योग गरेको अभियोगमा जेल चलान भएका छन्। यस अघि उनलाई आफ्नै कार्यालयकी महिला कर्मचारीलाई करणीको प्रयास गरेको उजुरीमा प्रहरीले पक्रेर अनुसन्धान गरेको थियो। यस्तो प्रकरणमा यत्ति ठूला पदासीन व्यक्ति पक्राउ परेर जेल चलान भएको यो पहिलो घटना हो।
२. बलात्कार र व्यभिचारको घटनामा त्यत्ति ठूला पदासीन व्यक्ति पक्राउ पर्नु यो निश्चय नै पहिलो घटना हो। तर यस अघि ठूलाबडाहरुले बलात्कार र व्यभिचार गरेका थिएनन् भन्ने होइन। हाम्रो मुलुकमा ठूला साना धेरैबाट बलात्कार र व्यभिचार हुने गरेका छन्। कुनै घटना बाहिर आउँछन्, कुनै बाहिर आउँदैनन् फरक त्यत्ति मात्र हो।
३. बलात्कार र बलात्कार पछि हत्या गरिएको घटना पनि धेरै घटेका छन्। यस्तो घटना कतै लुकाइन्छ भने कतै आपसमा मिलेर उजुरी गर्ने गर्दैनन्। त्यो जे गरे पनि बलात्कार र व्यभिचार हाम्रो समाजमा महामारीको रुपमा फैलिएको छ । यो महामारीलाई के कसरी कम गर्न सकिन्छ भन्नेमा कोही पनि गम्भीर भएको देखिँदैन।
४. कुनै सिद्धान्त विशेषले यस्तो घटनालाई सांस्कृतिक विचलन भन्छन्। तर त्यो सिद्धान्त मान्नेहरुले पनि यो विचलन रोक्ने प्रयास गरेका छैनन्। त्यसैले पनि यो फैलिँदो छ। धर्मशास्त्रमा यसको दुष्परिणामको चर्चा गरिएको छ। भगवान बुद्धको पञ्चशीलमध्ये एक शील व्यभिचार सम्बन्धमा छ। व्यभिचारबाट हुने हानिनोक्सानी बारे विस्तृत वर्णन गरिएको छ।
५. व्यभिचारमा लीन हुने व्यक्तिको सकारात्मक दिशामा ध्यान केन्द्रित हुँदैन। उसको सपना जपना नै त्यसैमा रहन्छ। ऊ राम्ररी निदाउन सक्दैन। उसका शत्रु बढ्छन्। उसको दुर्गति र बेइज्जती हुन्छ र कालान्तरमा ऊ नपुंसक हुने कुरा पञ्चशीलमा लेखिएको छ। त्यस्तो मान्छेको प्रेम स्वच्छ नहुने र सत्य बोल्न हिच्किचाउने कुरा पनि वर्णन गरिएको छ।
६. देशमा धेरैले बुद्धधर्मलाई उपेक्षा गर्ने गरेकाले पञ्चशीलका कुरा राम्ररी प्रचार भएको छैन। व्यभिचारको हानिनोक्सानीका परिणाम सम्बन्धी कुरा राम्ररी अवबोध गर्न/गराउन सके बलात्कारको घटनामा धेरै कमी आउने देखिन्छ र बलात्कार पछि कोही मारिनु पर्ने पनि नहुन सकछ। त्यो शीलको अभावमा अहिले महिला हिंसा र बलात्कार तथा महिला बेचविखनका घटना हुने गरेका छन्।
७. बुद्धको पञ्चशील ज्यादै सरल छ। त्यो शीलको पालनबाट हत्या, हिंसा र बलिप्रथा निर्मूल हुन सक्छ, चोरी डँकैती हट्न सक्छ। जाँड रक्सीको प्रयोग घट्न सक्छ। सत्य बोल्नेहरुको संख्या बढ्न सक्छ। त्यसो भएमा समाजमा परिवर्तन आउन सक्छ, सुधार हुन सक्छ। यस्तो स्थितिप्रष्ट देखिएकाले हामी समाज र सरकारको ध्यान पञ्चशीलतिर आकर्षित गर्न चाहन्छौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१