विपश्यनाचार्य गोयन्काको निधन

सम्पादक
असाेज १६, २०७०

१. विपश्यना साधनाका चर्चित गुरु सत्यनारायण गोयन्काको आइतबार भारतको मुम्बइमा निधन भयो। उनी … वर्षका थिए। केही समयदेखि उनी कमजोर देखिएका थिए। भगवान बुद्धको विपश्यना ध्यानलाई लोकप्रिय पारी विश्वव्यापी पार्नमा उनको महत्त्वपूर्ण योगदान रहेको छ। उनले सिकाउने ध्यान विधि सरल र बोधगम्य मानिन्छ।

२. उनी व्यापारको सिलसिलामा धेरै वर्ष म्यानमार बसे। म्यानमारमा रहँदा उनलाई माइग्रेन भन्ने रोगले सतायो। त्यो रोग निको पार्न उनी युरोप र अमेरिका गएर पनि औषधोपचार गरे। तर रोग निको भएन। म्यानमारका साथी शुभचिन्तकहरूको सरसल्लाहमा उनी विपश्यना ध्यान शिविरमा बसे। विपश्यना ध्यान शिविरमा अभ्यास गर्दार्गर्दै उनको रोग निको भयो।

३.     त्यसबाट उनी ज्यादै प्रभावित भए र १४ वर्ष आफ्ना गुरु सयाजी उवाखिनको सेवामा बिताए। गुरुको निर्देशन अनुसार भारत फर्केर उनले भारतमा पनि विपश्यना शिविर स्थापना गरे। भारतमा पनि त्यस्तो शिविर लोकप्रिय भयो र विभिन्न स्थानमा विपश्यना केन्द्रहरू स्थापित हुँदै गए।

४. तीस वर्ष भन्दा पहिले नेपाल आएर उनले पहिलो पटक काठमाडौंको आनन्दकुटीमा १० दिने शिविर सञ्चालन गरे। त्यो शिविरमा नेपालका भिक्षु अनगारिका र उपासक उपासिकाहरू बसेर ध्यान भावनाको अभ्यास गरेका थिए। शिविर लोकप्रिय भयो। त्यसपछि प्रत्येक वर्ष आएर उनले १० दिने शिविर सञ्चालन गर्ने गरेका थिए।

५. नेपालमा बूढानीलकण्ठ, कीर्तिपुर चितवन, पर्सा पोखरा, इटहरी, र्सुखेत र लुम्बिनीमा उनको ध्यान शिविर सञ्चालित छन्। विश्वमा विभिन्न भागमा ७० वटाभन्दा बढी ध्यान शिविर भएको बताइएको छ। ती शिविरमा ध्यानको अभ्यास गरेर लाखौं मानिसको उद्धार भएको पनि बताइएको छ। ध्यान साधनामा लागेर नयाँ आँखा खोलेको र नयाँ ज्ञान पाएको बताउनेहरू धेरै छन्।

६.     गोयन्काले धर्मको नयाँ व्याख्या गरे र उनको शिविरलाई साम्प्रदायिकताविहीन पारे। जसको कारण उनको शिविरमा विभिन्न धर्म र सम्प्रदायका मानिसहरू आउने गर्दथे। साधकहरूले शरीर र मनको विकार हटाउने गर्दथे। साधना गर्ने प्रत्येक साधकले शिविरको महत्त्व र उपयोगिताको मुक्तकण्ठले प्रशंसा गर्ने गर्दछन्।

७. उनले साधकहरूलाई कल्याण हुने मार्ग देखाएकाले उनलाई कल्याणभित्र भन्ने गर्दथे। बुद्धको शील, समाधि र प्रज्ञालाई प्रचार-प्रसार गर्नमा उनको ठूलो योगदान रहेको छ। उनी उच्चकोटीको साधक र ध्यानी थिए। नेपालका उनी एक असल मित्र थिए। भारतका केही हिन्दूहरूले २०५६ सालतिर बुद्ध धर्मलाई हिन्दूको शाखाका रूपमा व्यवहार गरी लुम्बिनीमा हिन्दू बौद्ध अन्तर्राष्ट्रिय सम्मेलन गर्न लाग्दा उनले ‘छिमेकी देशहरूसँग स्नेह सम्बन्ध’ लेखी नेपालको पक्षमा आफ्नो विचार व्यक्त गरेका थिए। त्यस्तो असल सहयोगीको निधन हुनु हाम्रो लागि अपूरणीय क्षति हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width