वार्ताको विन्दु देखा पर्दैछ

सम्पादक
माघ २५, २०७१

१. संविधान बनाउने क्रममा कुरा नमिलेपछि हाम्रा बडा नेताहरूबीच बोलचाल बन्द भएको छ। पहिले पनि उनीहरूबीच यस्तो स्थिति आउने गर्दथ्यो। तर यसपटक त्योभन्दा धेरै दन्त बजान भएको छ र निम्नस्तरमा आएर एकले अर्काको व्यक्तिगत गालीगलौज पनि गरेका छन्। त्यो गाली सुन्दा उनीहरू धेरुै आत्तिएका र हतप्रभ भएका देखिन्छन्।

२. एउटा राष्ट्रका लागि त्यस्तो स्थिति आउनु दुखद् कुरा हो। यही कुरा महसुस गरी राष्ट्रपति डा. रामवरण यादवले उनीहरूलाई छुट्टाछुट्टै राष्ट्रपति भवनमा बोलाएर सहमतिमा आउन र त्यसको लागि वार्ताको वातावरण मिलाउन प्रयास गरिरहेका छन्। राष्ट्रपति डा. यादवको प्रयासले सकारात्मक प्रभाव पारेको देखिन थालेको छ।

३. तैपनि उनीहरूको स्वरमा कमी आएको छैन र अडानमा हटेका पनि छैनन्। उनीहरू दुवै पक्ष एकपटक शक्ति हेर्ने पक्षमाभएको देखिन्छन्। जनता केचाहन्छन् र कता लाग्छन्, त्यो दुवै पक्षको प्रतीक्षा र परीक्षाको घडी हो। ४/५ दिनमा त्यो हेरेपछि उनीहरूको बुद्धि पलाउने धेरैले अनुमान गरेका छन्।

४. काङ्ग्रेस एमालेले एमाओवादी लगायतको सडक आन्दोलन रोक्नुपर्ने बताउँदैछन् भने एमाओवादी लगायतका पार्टीरूले संविधानसभामा सुरु गरिएको प्रक्रिया रोक्नुपर्ने शर्त तेसाएका छन्। यस किसिमले शर्त तेस्र्याउनु नै कहीँ न कहीँ, कतै न कतै वार्ताका लागि तैयार हुने संकेत हो।

५. त्यसको अतिरिक्त शीर्ष नेताहरूले जे-जसरी भिडन्तको स्थिति निम्त्याउँदैछन्, त्यो कुरा उनीहरूकै  पार्टाका अरु नेतालाई मन परेको छैन। अरु नेताहरू भिडन्तको स्थिति नआओस् भनेर प्रयासरत छन् तर उनीहरूको स्वर बाहिर त्यसरी सुनिएको छैन। शीर्ष नेताहरूमा भएको तानाशाही प्रवृत्तिले उनीहरूको स्वर दबिएर रहेको छ।

६. उता राष्ट्रपति डा. यादवको प्रस्तावलाई कसैले इन्कार गरेका छैनन्। उनको प्रस्तावको प्रभाव बढ्दैछ। जति त्यसको प्रभाव बढ्दैछ, उति मध्यमार्गी नेताहरूको स्वरले आकार ग्रहण गर्दैछ। मध्यमार्गीहरू अधिकाँश त मिलेर जानपर्दछ भन्नेमा छन्। उनीहरू अहिलेको विवाद अनावश्यक समय खेर फाल्ने काम भएको ठान्दछन्।

७. हाम्रो देशका अधिकाँश शीर्ष नेताहरू असफल छन्। उनीहरूले पार्टीर देशका लागि उचित नेतृत्व दिन नसकेको कुरा घामजस्तै प्रष्ट छ। उनीहरूले गर्दा देश धेरै पछि परिसक्यो। त्यो कुरा दोस्रो, तेस्रो तहका नेताहरूले राम्ररी महसुस गरेका छन्। उनीहरूको पनि चित्त बुझेको छैन, तैपनि उनीहरूले आफ्ना शीर्ष नेताविरुद्ध मुख खोल्ने सकेका छैनन्। तर सधैँ त्यसै बसेर पनि हुँदैन। मध्यमार्गीहरूले आफ्नो विचार सशक्त किसिमले राख्नपर्दछ। देशको संविधान र शीर्ष नेतृत्वले नगरे दोस्रो र तेस्रो तहकाहरू अघि सरेर भए पनि वार्ता गराउनुपर्‍यो र संविधान लेख्ने कार्य छिट्टै पूरा गर्नुपर्‍यो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै