१. सरकारले काठमाडौंमा एक विशेष समारोह गरी चैत्र १५ र १६ गते लगानी सम्मेलनको आयोजना गर्न गइरहेको छ। लगानी सम्मेलनको हिसाबले यो तेस्रो सम्मेलन हो। सरकारले २०४९ सालमा पहिलो सम्मेलनको आयोजना गरेको थियो भने २०७३ सालमा दोस्रो सम्मेलन भएको थियो। देशमा लगानी अभिबृद्धिगर्न/गराउन यो सम्मेलनको आयोजना गरिएको हो।
२. प्रधानमन्त्री के.पी. ओलीले समारोहमा सरकारका तर्फबाट ३४ खर्ब ६८ अर्ब रुपैया बराबरको पूर्वाधारमा लगानी गर्न आह्वान गरिने भएको हो। लगानीका लागि सरकारले ७७ ओटा परियोजना प्रस्तुत गर्ने कार्यक्रम छ। ती मध्ये ५० परियोजना सरकारी र २७ परियोजना निजी क्षेत्रको हुने जनाइएको छ।
३. सम्मेलनमा ४० देशका ६०० भन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहने छ। त्यसमा छिमेकी चीन र भारतका लगानीकर्ताहरुको संख्या अधिक हुने अनुमान गरिएको छ। यस अघिको सम्मेलनमा पनि उनीहरुकै संख्या बढी थियो। तर त्यसबेला प्रतिबद्धता जनाइए अनुसारको लगानी आएन।
४. यस पटक त्यस्तो नहोस् भनेर सरकारले लगानीकर्ताहरुलाई आकर्षित गर्न धेरै काम गरेको छ। यस अघि देशमा लगानीका लागि अनुकूल वातावरण पनि थिएन। सशस्त्रयुद्धको बेला बन्द, हडताल, चन्दा आतड्ढबाट लगानीकर्ताहरु आतड्ढित थिए। त्यसमाथि विद्युतको लोड सेडिड्डले पनि मानिसहरु हैरान थिए।
५. अहिले ती बाधा अवरोधहरु धेरै मात्रमा हटेका छन्। सरकारले लगानीकर्ताहरुको राय सुझाव अनुसार धेरै ऐन कानून संशोधन पनि गरेको छ। सरकारले उनीहरुलाई आकर्षित गर्न आफ्नो बुद्धि विवेक सबै लगाएर तिनीहरुकालागि अनुकूल वातावरण सिर्जना गरेको छ। सरकारले नमूनाकालागि ७७ परियोजना अघि सारेको छ। तर लगानीकर्ताहरुले चाहेमा अन्य परियोजनामा लगानी गर्न पनि खुल्ला गरेको छ।
६. यस पटकको विशेषता यो पनि छ कि निजी क्षेत्रले पूर्णरुपले सरकारलाई साथ र सहयोग गरेको छ। देशका निजी लगानीकर्ताहरु लागानीको वातावरण भएको उल्लेख गर्दै विदेशी लगानीकर्ताहरुलाई भित्र्याउन रातो कार्पेट ओछ्याउँदै छन्। त्यसको साथै गैर आवासीय नेपालीहरु र उनीहरुको संस्था पनि यस क्षेत्रमा उत्साहकासाथ आएका छन्।
७. देशको दु्रततर गतिले विकास निर्माणगर्न विदेशी लगानीको आवश्यकता छ। लगानीकर्ताहरुलाई पनि नेपालमा आएर लगानी गर्दा राम्रो प्रतिफल प्राप्तगर्न सकिने र यहाँ गरेको कमाइ सजिलै आफ्नो देशमा लग्ने वातावरण छ। सरकारले यस्तो वातावरण बनाएकोले लगानीकर्ताहरु आकर्षित हुन्छन् भन्ने हाम्रो अपेक्षा छ। यही अपेक्षा गर्दै हामी लगानी सम्मेलनमा नेपालमा आएका सम्पूर्ण लगानीकर्ताहरु अन्य दातृ संस्थाहरु सबैलाई हार्दिक स्वागत अभिवादन गर्दछौं। नेपालमा सबै अतिथिहरुको बसाई सुखमय होस् भन्ने कामना गर्दछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१