माघ ८ गते

सम्पादक
माघ ८, २०७१

१. आज माघ ८ गते। नयाँ नेपालको संविधान घोषणा हुनुपर्ने दिन नेताहरू र राजनीतिक पार्टीरूले संविधान घोषणा हुन्छ भनी प्रतिबद्धता गरेको दिन। संविधानसभाको बैठकले समेत माघ ८ गते संविधान घोषणा गरिनेछ भनी निर्णय गरेको दिन। यो वर्षको सर्वाधिक महत्त्वपूर्ण दिन।

२. सबैले आशा भरोसा गरेको दिन। सबैले प्रतीक्षा गरेको दिन। तर यो दिनको जेजसरी महत्त्व छ भनी व्यग्रतापूर्वक हेरिएको थियो, त्यस्तो केही भएन। यो दिन अन्य दिन जसरी आएको छ, त्यसैगरी आयो र त्यसरी नै गयो जस्तो भएको छ। माघ ८ ले कुनै त्यस्तो छाप र महत्त्व छोड्न सकेन।

३. बरु माघ ८ आउनु पूर्वसन्ध्यामा संविधानसभामा सत्ता पक्ष र प्रतिपक्ष दुर्इ नराम्ररी विभाजित भए। संविधान ल्याउने क्रममा सत्ता पक्षकाले प्रक्रियामा गएर टुङ्ग्याउने निर्णय गर्‍यो भने एमाओवादीको नेतृत्वमा गठित गठबन्धनले प्रक्रिया मान्न तैयार भएन र त्यसले सहमतिकै लागि भनी जोड गरिरह्यो।

४. सभामुख सुवास नेम्वाङले प्रक्रियामा लगेर भए पनि संविधान छिटो घोषणा गरिनुपर्दछ भनी प्रक्रियामा लैजान खोजेका थिए कि एमाओवादी नेतृत्वको गठबन्धनका सभासद्हरूले विरोध गर्न थाले। उनीहरूले विारेध गर्ने क्रममा संविधानसभाका कुर्ची र माइकहरू तोडफोड गरी सभाध्यक्ष नेम्वाङलाई लक्षित गरी जुत्ता समेत प्रहार गरे।

५. उनीहरूले त्यस दिन संविधानसभामा जुन ताण्डव नृत्य गरे, त्यसले संविधानसभाको भौतिक नोक्सानी त भयो, भयो त्यसले संसदीय इतिहासमा कहिले नमेटिने कालो धब्बा लगायो। एउटा निन्दनीय एवं भर्त्सनायोग्य काम भयो। जुन घटनाले गर्दा सम्बन्धित सबैले शिर निहुर्‍याउनुपर्‍यो।

६. माघ ८ मा संविधान घोषणा नहुने त निश्चय नै भयो। तर अब संविधान कहिले घोषणा हुन्छ भन्ने प्रश्न पनि अनुत्तरित रह्यो। आफ्ना प्रतिबद्धता पूरा गर्न नसक्ने पार्टीर पार्टीा नेताहरूलाई फेरि पहिलेझैं त्यसै छाडेमा उनीहरूले बैठक गर्दागर्दै यो दोस्रो संविधानसभाको अवधि पनि त्यसै बिताउन सक्छन्।

७. त्यस्तो अवस्था फेरि नआओस् भनी केही न केही प्रयास गर्नुपर्दछ। नागरिक समाज र मानव अधिकारवादीहरूले छिटो संविधान घोषणा हुने बाटो खोज्नुपर्दछ र नेताहरूलाई त्यसमा बचनवद्ध पार्नुर्पर्दछ । ५/६ वर्ष लगाएर पनि एउटा संविधान बाउन नसक्नु ठूलो कमजोरी हो। अब यो कमजोरी हटाउनुपर्दछ र शीघ्र संविधान घोषणा गरिनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width