१. यसपटक समयमै मनसुन सुरु भएकोमा एकातिर कृषकहरू खुशी भएका छन् भने अर्कोतिर मनसुनका कारण महाकाली नदीमा आएको भीषण बाढीले दार्चुला, बैतडी, डडेलधुरालगायतका जिल्लामा ठूलो क्षति भएको छ। खास गरेर महाकालीको बाढीले दार्चुलाको सदरमुकाम खलंगा बजारका घर र टहरा बगाएर धेरै भौतिक क्षति गरेको छ।
२. मनसुनको पूर्व सन्ध्यामा जेठको तेस्रो साता देशको सबभन्दा पूर्र्वी जिल्ला ताप्लेजुङको थुम्कीबाट गाविसमा पहिरो जाँदा कम्तीमा दश जना मानिसको ज्यान गएको थियो। मनसुन सुरु हुनासाथ देशको सबभन्दा पश्चिमी जिल्ला दार्चुला भीषण बाढीको चपेटामा परेको छ। तीन दिनदेखिको अबिरल वर्षाले पश्चिमतिरका धेरै ठाउँमा हानी नोक्सानी गरेको छ।
३. दार्चुलाको सदरमुकाम खलंगा बजार बाढीले विभत्स बनाएको छ। त्यहाँ हेर्दाहर्र्दै मानिसहरूको घर टहरा बगाएर लगेको छ। सरकारी भवनहरू पनि महाकालीले आफ्नो साथ लगेको छ। यतिसम्म कि त्यहाँको अस्पतालको भवन पनि बगाएर लगेको छ। अस्पतालका विरामीहरूलाई अन्य सुरक्षित ठाउँमा सार्न पनि सुरक्षा टोलीलाई धौधौ भएको थियो।
४. खलंगाका साना ठूला गरी ५० भन्दा बढी घर बगाएको छ। सरकारी भवनहरू पनि पाँच वटाभन्दा बढी बगाएको छ। त्यहाँको विद्युत गृह पनि बिगारेको छ। मनसुन अरु २४ घण्टा त्यस्तै किसिमले जारी रहेमा सिङ्गो खलंगा बजारको भविष्य अन्धकार हुनेछ। खलंगा बजार पूरै भग्नावशेषमा परिणत हुने अनुमान गरिएको छ।
५. महाकालीको बाढीले दार्चुलामा मात्र तहसनहस पारेको होइन, दार्चुलाभन्दा दक्षिण बैतडी, डडेलधुरा र कञ्चनपुरमा समेत केही न केही बिगारेको छ। बिगार्ने क्रम जारी छ। सुरक्षाकर्मीहरूको सतर्कता र सक्रियताका कारण मानवीय क्षति त्यसरी हुन पाएको छैन। तैपनि एक जनालाई भने बगाएको छ।
६. त्यहाँ भएको क्षतिलाई एकपक्षीय रूपमा मात्र हेरेर पनि हुँदैन। महाकालीमा बाढी आयो, क्षति भयो। यो एक पक्ष हो। तर भारतले आफ्नो सीमावर्ती क्षेत्रमा जे जसरी तटबन्धहरू निर्माण गरेको छ, त्यसको कारण पनि बाढीको त्यो उग्र रूप देखिएको हो। भारतले आफ्नो भूभाग बचाउन अनाधिकृत रूपमा गरिएको त्यो प्रयासले गर्दा नेपालीले त्यसको मूल्य चुकाउनुपरेको छ।
७. यस बेलामा त्यहाँ राहतको खाँचो छ। राहत पुर्याउनु पहिलो प्राथमिकता हुनपर्दछ। बाटो घाटो बिग्रिएकोले बाहिरबाट त्यहाँ राहत पुर्याउनु त्यत्ति सजिलो छैन। स्थानीयहरूले त्यसको प्रयास गर्नुपर्दछ। राजधानीबाट हेलिकोप्टर प्रयोग गरेरै भए पनि सहयोग पुर्याउनपर्दछ। सरकारलगायत रेडक्रस र रेडक्रसजस्ता परोपकारी संस्थाहरूले त्यसमा तत्परता र सक्रियता देखाउनु नितान्त आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१