भारतको तेलङगानाको प्रभाव

सम्पादक
श्रावण २२, २०७०

१. संघीय राष्ट्र भारतमा त्यहाँको सत्तारूढ पार्टीभारतीय काङ्ग्रेस पार्टीले दक्षिण भारतमा नयाँ राज्य तेलङ्गानाको निर्माण प्रक्रिया सुरू गरेको छ। सत्तारूढ पार्टीले नयाँ राज्य निर्माणमा प्रक्रिया सुरू गर्ना साथ तेलङ्गानाका माग गर्नेहरू खुशी भएका छन्। तिनीहरूले लामो संर्घर्षका प्रतिफलस्वरूप छुट्टै राज्य पाएका छन्।

२.     तर सत्तारूढ पार्टीले त्यो निर्णय गर्ना साथ छुट्टै राज्यको माग गर्दै आएका अन्य आन्दोलनकारीहरूले पनि यही बेला हो आफ्नो माग स्वीकार गराउने भन्दै आन्दोलन चर्काएका छन्। त्यसरी आन्दोलन चर्काउनेमा गोर्खाल्याण्डको माग गर्नेहरू अग्रपंक्तिमा देखिएका छन्। उनीहरूले धेरै पहिलेदेखि छुट्टै राज्यको माग गर्दै आएका छन्।

३.     तर उनीहरूलाई कहिले गोर्खा स्वशासित क्षेत्र भनेर चित्त बुझाउने प्रयास गरिएको छ भने कहिले के भनेर उनीहरूको आन्दोलन निष्क्रिय पार्ने प्रयास गरिएको छ। पश्चिम बंगाल राज्य आफ्नो भूभाग विभाजन गर्न चाहिँदैन। जसको कारण गोर्खाल्याण्ड बन्न सकेको छैन। अब भने उनीहरू गोर्खाल्याण्ड बनाएरै छोड्ने मनस्थितिमा पुगेका छन्।

४.     दार्जिलिङमा अनिश्चितकालीन हड्ताल जारी छ। त्यहाँ भएका पर्यटन र विद्यार्थीहरूलाई पनि होस्टेल र होटल छाड्न आग्रह गरिएको छ। गोर्खाल्याण्डका गोर्खा रिजनल अथोरिटीका सिइओ विभक्त गुरूङले गोर्खाल्याण्डका लागि दबाब दिन आफ्नो पदबाट राजीनामा दिएका छन्। त्यहाँ पश्चिम बंगाल सरकारलाई असहयोग गर्ने हावा चलेको छ।

५.     आन्ध्र प्रदेशबाट तेलङ्गाना पृथक भएझैं पश्चिम बंगालबाट गोर्खाल्याण्ड छुट्टनिु पनि अवश्यभावी भएको आन्दोलनकारी नेताहरू बताउँछन्। कोही राजनीतिक विश्लेषकहरू संघीय राज्य भन्दै भारतलाई कति संघमा विभाजित गर्ने हो भनी आत्तिएका देखिएका छन् भने कोही संघीय पक्षधरहरू स्मल इज ब्युटी फूल भन्दै भारतमा ५० वटा राज्य हुनपर्ने तर्क अघि सार्दैछन्।

६. कमसेकम १० राज्यमा पृथकतावादीहरू सानो ठूलो आन्दोलन गरिरहेका छन्। उत्तर प्रदेशलाई कमसेकम चार/पाँच राज्यमा विभाजन गर्नुपर्दछ भन्नेहरू निस्केका छन्। त्यहाँ आन्दोलन चर्केको त छैन। तर ठूला नेताहरू राज्यको विधान सभामा नै त्यस्तो विधेयक ल्याउनु पर्दछ भन्ने धार छन्।

७.     नेपालमा संघीयताको सिद्धान्त स्वीकारिएको छ। तर कति राज्य बनाउने र कस्तो राज्य बनाउने भन्ने निक्यौर्ल भएको छ। भारतमा संघीय राज्यहरू विभाजित हुँदै गएकाले त्यसको असर र प्रभाव नेपालमा पनि परेको छ। तर के कस्तो प्रभाव परेको छ, त्यसको लेखाजोखा भने भएको छैन। नेपालले त्यहाँको घटनाको समूचित मूल्याड्ढन गर्नु आवश्यक छ। त्यहाँबाट केही न केही शिक्षा सिक्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width