भारतका प्रम मोदीबाट अपेक्षा गर्ने कुरा  

सम्पादक
जेठ ३०, २०७१

१. भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि वरपरका देशहरूमा त्यसको खास प्रभाव परेको छ। उनको शपथ समारोहमा सार्क राष्ट्रका सरकार प्रमुखहरूलाई सरिक गराएकोमा त्यसको सकारात्मक सन्देश छिमेकी देशहरूमा परेको छ। त्यसमा पनि नेपालमा उनको प्रभाव विशेष रूपले परेको छ।

२. नेपालमा उनको प्रशंसामा पत्रिकाका धेरै पन्ना भरिएका छन्। त्यसरी पन्ना भर्नेहरूले उनको विकास निर्माणसम्बन्धी अवधारणा, हिन्दुत्वका लागि गरेको उनको प्रयासबारे मुक्तकण्ठले प्रशंसा गरेका छन्। हिन्दू राष्ट्र फर्काउन चाहनेहरूको स्वरमा परिवर्तन आएको छ। उनीहरू भारतको बलमा नेपाल फेरि हिन्दू राष्ट्र हुने सपना देख्न थालेका छन्।

३. त्यसरी सपना देख्नेहरूले छिमेकी देशमा सरकार फेर्नासाथ हाम्रो राष्ट्रिय अवधारणा फेरिने हामी कमजोर रहेछौ भनेर साचेका छैनन्। भारत आफै धर्मनिरपेक्ष राष्ट्र छ भने त्यसले यहाँ धर्म निरपेक्ष गर्न हुँदैन, हिन्दू राष्ट्र गर्नुपर्दछ भन्नु त्यसको नैतिकताले पनि दिँदैन।

४. मोदीका प्रशंसकहरूले सकिन्छ भने नेपालको हक हितमा कदम चाल्न भन्न सक्नुपर्दछ। भारतले नेपाली भू-भाग अपहरण गरेको छ। जंगे पिल्लर सार्दै सीमा अतिक्रमण गर्दैछ। त्यसले सीमामा बाँध आदि बनाएर वर्षामा नेपाली भू-भाग जलमग्न पार्ने काम गर्दैछ। त्यो अन्याय भयो र त्यसबाट नेपालीहरू पीडित भए भनी त्यस्तो काम रोक्न लगाउनुपर्‍यो।

५. भारतमा काम गर्न जाने नेपालीहरूप्रति भारतीय हेराई राम्रो छैन। भारतीयहरूले बहादुर भनी नेपाली कामदारहरूलाई हेप्ने गर्दछन्। मोदी सरकारले आफ्नो जनतामा भएको त्यो हेपाहा प्रवृत्तिलाई परिवर्तन गर्न सक्नुपर्दछ। दुर्इ देशबीच असमान सन्धिहरू छन्। ती सबै खारेज गर्न सक्नुपर्दछ।

६. आयात-निर्यात व्यापार असन्तुलन छ। वैदेशिक व्यापार भारतको पक्षमा छ। नेपाल घाटामा छ। नेपाली सामान भारतमा सजिलै लैजाने उपाय गरिदिनुपर्‍यो। हामीले माग्नुपर्ने कुरा यो हो। अधिकांश हिन्दूहरूको बसोबास भएको नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्नु भएन। नेपालले स्वतन्त्रतापूर्वक बिनादबाब काम गर्ने मौका दिनुपर्‍यो।

७. कुनै बेला नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस् भन्ने प्रस्तावमा भारतले कहिल्यै समर्थन गरेन। हिन्दू अधिराज्यलाई हिन्दू सम्राटबाट शान्तिक्षेत्र घोषणा गरियोस् भन्ने प्रस्तावमा भारतको उदासीनता देख्दा यहाँ सबै चिन्तित थिए। यस्तो कुरालाई नेपालीहरूले सम्झनुपर्दछ र त्यसबाट शिक्षा सिकेर के चाहने, के नचाहने र के गर्नुपर्ने र के गर्नु नपर्ने, यस्तै कुरामा सम्यक विचार गर्नुपर्दछ र उचित समयमा उचित निर्णय गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width