बौद्धनाथ ताइवानमा पनि बनाइने

सम्पादक
पौष १, २०७०

१. हालै एउटा समाचार सम्प्रेषण भएको छ कि ताइवानको ताइनाम भन्ने सहरमा हाम्रो काठमाडौंमा अवस्थित तथा विश्व सम्पदा सूचिमा सूचिकृत बौद्ध स्तूपको प्रतिकृति निर्माण गरिने भएको छ। ताइनाममा बौद्धनाथ स्तूप, त्यसका वरपरका घर र पसलहरू पनि त्यस्तै निर्माण गरी त्यसको वरपर नेपाल रोड नामाकरण गरी रिङरोड निर्माण गर्ने भएको छ।

२. बौद्धनाथ परिसरमा हालै आयोजित विश्व शान्तिपूजाको अवसरमा ताइवानका कदम्पा धर्म सेन्टरका प्रतिनिधि डेभिड चाडाले त्यो घोषणा गरेका हुन्। डेभिड चाडाले यहाँको जस्तै होट, सङ्ग्रहालय र पसलहरू हुने पनि बताएका छन्। उनले १६ रोपनी जमिनमा फैलिने बौद्धनाथ स्तूप निमार्णको लागि १० अर्ब अमेरिकी डलर लाग्ने पनि बताए।

३. ताइनाममा बौद्धनाथ स्तूप निर्माण गर्न नेपालबाट कालिगढहरू लैजाने कुरा पनि बताए। त्यस पूजा समारोहमा कदम्पा धर्म सेन्टरको त्यस कार्यले ताइवान र नेपालको सम्बन्ध अरु घनिष्ठ हुने छ भनी पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले लुम्बिनीबाट ल्याएको बोधिवृक्ष पूजाकै अवसरमा प्रदान गरे।

४. बौद्धनाथ स्तूप लिच्छविकालमा निर्माण गरिएको विश्वास गरिन्छ। बौद्धनाथ स्तूप दर्शन अवलोकनका लागि तिब्बत, चीन, मंगोलिया र ताइवानबाट प्रत्येक वर्ष धेरै सङ्ख्यामा उपासक उपासिका आउने गर्दछन्। ती उपासक, उपासिका बौद्धनाथ र स्वयम्भूको दर्शन गरेपश्चात् आफ्नो जीवन सार्थक भएको सम्झन्छन्।

५. बौद्धनाथ स्तूप आकार प्रकारमा पनि ठूलो मन्दिर हो। यसको महत्त्व र महिमा धेरै छ। यसको महत्त्व धार्मिक, ऐतिहासिक एवं पुरातात्त्विक दृष्टिले धेरै भएकोले युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा समावेश गरेको हो। तर यसको जे जसरी संरक्षण र सम्वर्द्धन गर्नुपर्ने हो, त्यो भएको छैन।

६. यसको महत्त्वलाई दृष्टिगत गरेर मंगोलियाको राजधानीमा पनि बौद्धनाथ मन्दिर बन्दै गएको छ। तर त्यो आकार प्रकारमा नेपालको स्तूपभन्दा केही सानो छ। ताइवानमा अहिले प्रस्तावित स्तूप भने आकार प्रकारमा पनि मिल्दोजुल्दो हुनेछ। त्यसको अको विशेषता यो हुने छ कि त्यसमा यसको सक्कल नेपालमा छ भनेर लेखिने छ।

७. नेपालमा बौद्ध स्मारक धेरै छन्। विदेशीहरू ती स्मारकको दर्शन अवलोकन बडो श्रद्धाका साथ गर्दछन्। तिनीहरूको संरक्षण र सम्वर्द्धनका लागि पनि सहयोगको हात बढाउँछन्। तर नेपालको सरकारीस्तरबाट तिनीहरूको उचित रेखदेख हुन सकेको छैन। जसले गर्दा स्मारकहरू भग्नावशेषमा परिणत हुँदैछ। तिनीहरूको उचित रेखदेख गरी संरक्षण र सम्वर्द्धन गर्नु आजको आवश्यकता हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width