१. २५६३ औं बुद्ध जयन्तीको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ। विभिन्न गुम्बा, बिहार र स्तुपहरुमा निर्धारित कार्यक्रम अनुसार धर्म देशना र प्रवचन र ध्यान भावना भएका छन्। बुद्धका गुण स्मरण गरेर मानिसहरुले बुद्ध धर्म र संघको महत्व महशुस गरेका छन् र बुद्धका धर्म दर्शनलाई नेपालको मौलिक धर्म दर्शनको रुपमा प्रचार प्रसार गर्नुपर्ने विचार व्यक्त गर्दैछन्।
२. बुद्ध धर्मलाई दक्षिण–पूर्वी एशियामा देशहरुले आफ्नो राष्ट्रिय धर्म घोषणा गरेका छन्। ती देशहरुले बुद्धका शान्ति, मैत्री र अहिंसाको शिक्षा र सन्देशलाई राष्ट्रको नीति निर्देशक सिद्धान्तको आधार मानेका छन् भने केही देशले बुद्धको र लुम्बिनीको प्रतिकृति बनाएर आफूलाई बुद्ध धर्मसँग भावनात्मक सम्बन्ध भएको देखाउँदै छन्।
३. संयुक्त राष्ट्र संघले भगवान बुद्धको जन्म स्थल लुम्बिनीको विकासमा योगदान गरेको छ। त्यस विश्व संस्थाले वैशाख पूर्णिमाको दिन आफ्नो कार्यालयमा विदा घोषणा गरेको छ। साथै त्यसले बुद्धजयन्तीको अवसर पारेर “वैशाख दिवस” मान्ने पनि गरेको छ। हालै नियत नाममा आयोजित त्यस समारोहमा हाम्रा प्रधानमन्त्री के.पी. ओलीले त्यसमा सहभागी भई सम्बोधन पनि गरेका थिए।
४. बाहिर बुद्ध धर्मको प्रचार–प्रसाद बढ्दो छ। तर नेपालमा नै अपेक्षाकृत विकास भएको छैन। बुद्धको जन्मस्थल लुम्बिनीको विकास अझै पूरा भएको छैन। त्यहाँ सम्मेलनहरु हुन्छन्। लुम्बिनी भ्रमण वर्ष भनेर धेरै पटक भएको छ। लुम्बिनीबाट फाइदा उठाउने धेरै भए, तर लुम्बिनीको धार्मिक प्रवद्र्धन गनेर्हरु त्यसरी देखिएका छैनन्।
५. संयुक्त राष्ट्र संघको पूर्व महासचिव कोफि अन्नानले बृहत्तर लुम्बिनीको गुरुयोजना तैयार गरेका थिए। तर त्यो गुरुयोजनालाई यो सरकारले केही वास्ता गरेको छैन। एकताका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा निर्देशक समिति गठन भएको थियो। त्यो समिति कहाँ छ, कस्तो अवस्थामा छ भन्ने कुरा धेरै भयो बाहिर आएको छैन।
६. नेपाललाई हामीले शाक्यमूनि बुद्धको जन्मस्थलको रुपमा प्रचार गदैर्छौं। शाक्यमुनि बुद्धभन्दा पहिलेका कनकमुनि बुद्ध र क्रकुच्छन्द बुद्ध पनि कपिलवस्तु जिल्लाकै निगलिहवा र गोरीहवामा जन्मेका भन्ने त्यहाँ रहेका अशोक पिलरहरुले सिद्ध गरेका छन्। त्यो सिद्ध भएकोले नेपाल तीन बुद्धहरुको देश भएको छ भने बुद्ध धर्मको इतिहास पनि २६०० वर्षबाट अरु लम्बिएको छ।
७. बुद्ध धर्म र नेपालको इतिहास जति खोतल्यो उति गहिरो र घनिष्ट भएको देखिन्छ तैपनि किन हो नेपालमा बौद्धहरुको संख्या अपेक्षाकृत रुपमा बढेको देखिदैन। यो विडम्वना नै भएको छ। यो अवस्थालाई हटाउन पर्दछ र प्रचार–प्रसारमा बढी ध्यान केन्द्रित गर्नुपर्दछ। बौद्ध संस्थाहरुले यस दिशातिर आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१