बाढी पीडितको उद्धार कार्य छिटो गर

सम्पादक
भाद्र ४, २०७१

१. सुनकोशीका बाढी पीडितहरूलाई राहत सामग्रीको राम्ररी वितरण गर्न नसकिएको बेला गत साताको अविरल वर्षाले पश्चिम र तराईतिर पनि उत्तिकै क्षति पुर्‍याएको छ। तीन दिनको अविरल वर्षाले तीन सयभन्दा बढी मानिसको ज्यान लिएको छ भने हजारौं परिवार विस्थापित भएका छन्।

२. विस्थापित परिवार विचल्लीमा परेका छन्। उनीहरूले यति दुःख पाएका छन् कि उनीहरूसँग राहत सामग्री राख्ने ठाउँ समेत छैन। खानपिनको व्यवस्था छैन। सुत्ने ठाउँ छैन। आफ्नो भएको सबै बाढीले लगिसक्यो। कतिपय परिवारको एक-दुर्इ जना बाहेक अरु कोही मरिसकेका छन् भन् कोही बेपत्ता छन्।

३. उनीहरू यति दर्दनाक अवस्थाबाट गुज्रिरहेका छन् कि उनीहरूमध्ये कतिपयलाई समवेदना दिने पनि कोही छैनन्। मरेका परिवारका अन्त्येष्टि गर्ने र गरिदिने पनि कोही छैनन्। अन्त्येष्टि पनि केले, कसरी र कुन आधारले गर्ने समस्या छ। उनीहरू ज्यादै आपत विपतमा परेका छन्।

४. सरकारले सुनकोशीका बाढी पीडितलाई राम्ररी उद्धार गर्न सकिरहेको छैन भने पश्चिममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, गोरखा उता तराईका सिराहा, रौतहटलगायतका जिल्लामा पनि बाढीले धनजनको ठूलो नोक्सान गरेको छ। नदी किनारका अधिकांश वस्ती डुबानमा परेका छन् भने कतिपय घर बगाएर लगेको अवस्था छ।

५. स्थितिको भयावहतालाई दृष्टिगत गरी प्रधानमन्त्री सुशील कोइरालाले प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनामा सघाउन सबैसँग अपिल गरेका छन्। प्रधानमन्त्रीले यसलाई राष्ट्रिय विपत्ति भनी सहयोगको अपिल गरेका हुन्। सरकारले उच्चस्तरीय समिति गठन गर्ने पनि जनाएको छ।

६. नेपालको विपत्तिमा उद्धार गर्न चीन र भारत दुवै छिमेकीले सहयोगको हात बढाएका छन्। उनीहरू के-कस्तो सहयोग चाहियो भन, त्यो सहयोग दिन्छौं भनिराखेका छन्। तर नेपालले किन हो सहयोग माग्न आनाकानी गरिरहेको छ। केही समय यस्तै अवस्था रहेमा सरकारको बढी आलोचना हुने सम्भावना छ।

७. सरकारले राम्ररी उद्धारका काम गर्न नसकेकोमा पीडित पक्षले धेरै गुनासो गरेका छन्। प्रमुख प्रतिपक्ष एकीकृत माओवादीले त्यस ठाउँमा सड्ढटकाल घोषणा गर्नुपर्ने उल्लेख गरेको छ। यी सबैको परिप्रेक्ष्यमा सरकारले आफ्नो काम कुरामा गति थपेर उद्धार कार्य गर्नु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width