बन्द हडताल जनताका विरुद्ध

सम्पादक
माघ ४, २०७१

१. जनता शान्ति चाहन्छन्। जनता आफ्नो बन्द व्यापार व्यवसाय सुचारु रूपले सञ्चालन गर्न चाहन्छन्। जनता गरी खानु आफ्नो कर्तव्य सम्झन्छन्। तर अहिले बन्द हडतालको जुन श्रृङ्खला बढ्दैछ, त्यसले काम गरी खान पाउने जनताको नैसर्गिक अधिकारमाथि कुठाराघात हुँदैछ। जनता कुनै पनि बन्द हडतालको विरुद्धमा छन्।

२. दश वर्षे जनयुद्ध र त्यसपछि सिर्जित अन्यौल र अस्थिरताले देशको आर्थिक स्थिति खस्कँदै गएको सवविदित छ। यसबीचमा उद्योग धन्दाहरू धमाधम बन्द भएको पनि सबैलाई थाहा छ। व्यापारको कुरा गर्दा देशमा आयात बढ्दै गएको निर्यातको परिमाण घट्दै गएको र व्यापार घाटा बढ्दै गएको छ। आर्थिक दृष्टिले देश कहालीलाग्दो स्थितिमा पुगेको छ।

३. देशको यस्तो स्थितिलाई महसुस गरी नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा राजनीतिक पार्टीरूले बन्द हडताल नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। केही वर्ष बन्द हडताल कम हुँदै गएको पनि थियो। तर अहिले आएर फेरि बन्द हडताल बढ्दै गएको छ। जसको परिणाम गरी खानेहरू आत्तिएका छन् र उता पर्यटन व्यवसायमा नराम्रो प्रभाव पर्न थालको छ।

४. त्यसो भएकाले बन्द हडतालको विरुद्धमा ठाउँ-ठाउँमा शान्ति र्‍यालीको आयोजना गरिएको छ। कतिपय ठाउँमा स्वस्फूत किसिमले झुण्डका झुण्ड मानिसहरू बन्दको विरुद्धमा नारा जुलुस पनि गर्दैछन्। पोखरामा पोखरा उद्योग वाणिज्य सङ्घ र अन्य थुप्रै व्यवसायिक सङ्घसंस्थाले शान्ति र्‍यालीको आयोजना गरेर आज बन्द हडतालको विरुद्धमा आफ्नो शक्ति प्रदर्शन गर्दैछन्।

५. यी कुरालाई बन्द हडतालकर्ताहरूले छिटो बुझ्नुपर्दछ र बुझेर तदानुसारको कदम चाल्नुपर्दछ। मुखले भन्दा खेरि जनताका लागि गरिएको भन्ने व्यवहारमा जनतालाई मर्का पर्ने काम गर्नु कदापि उचित होइन। जनताले आफ्नो भलाई के मा छ भन्ने कुरा राम्ररी बुभेका छन्। जनतका लागि गरिएको काममा जनता अग्रसर भएर गोली थाप्न समेत तैयार भएको सर्वविदित छ।

६. नेताहरू आफूलाई नयाँ सोच र चिन्तन भएका भन्दछन्। तर उनीहरूको काम हेर्दा अत्यन्त परम्परावादी र पुरानो शैलीको देखिन्छ। बन्द हडताल र तोडफोड राजनीति पुरानो शैली हो। तर हाम्रा अग्रगामी नेताहरूले त्यो पुरानो परम्परागत विरोधको शैलीलाई छाड्न सकेका छैनन्। हाम्रो देशका लागि यो बन्द हडताल, तोडफोड र ध्वंसात्मक कार्य अभिशाप सावित भइसकेको छ।

७. जबर्जस्ती गरिने बन्द हडतालले जनमतको प्रस्फुरण गर्दैन। हाम्रा सम्पूर्ण पार्टीकुनै न कुनै बेला सरकारमा पुगेका पार्टीरू हुन। तिनीहरूले आफू सरकारमा छँदा बन्द हडताललाई कसरी हेरेका थिए, त्यो पनि सम्झनुपर्दछ। बन्द हडताललाई कुनै पनि किसिमले, कुनै पनि तह र तप्काले राम्रो मानेका छैनन्। यो कुरालाई महसुस गरी बन्द हडतालकर्ताहरूले आफ्नो बन्द हडतालको आह्वान फिर्ता गर्नु उचित हुन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width