बजारमा सुन अभाव

सम्पादक
माघ २६, २०७३

१. नेपाली बजारमा बेला-मौकामा दैनिक उपयोग्य सामग्रीहरू अभाव हुनु सामान्य कुरा भएको छ। ती सामान बजारमा अभाव हुनासाथ त्यसको भाउ बढ्ने र कहिँकतै ती सामान र्सवसुलभ नभई कालो बाजरमा बिक्री हुने गर्दछन्। जमाखोर, नाफाखोरहरूले मौकाको फाइदा उठाएर सरकारको आँखा छलेर रातारात कमाउने गरेका छन्।

२. दैनिक उपभोग्य समानको कहिलेकाँही कालोबजारी हुने सबैले जाने-सुनेको कुरा हो। तर अहिले नेपाली बजारमा सुनको समेत अभाव भएको र त्यही अभावका कारणले सुनको समेत कालोबजार हुने गरेको छ। अहिले सुन पसलेहरूले समेत सुन कालोबजारबाट किन्नु परिरहेको कुराबाहिर आउँदा धेरैले आर्श्चर्य व्यक्त गर्ने गरेका छन्।

३. सुन पसलेहरूले एक तोलाको तीन हजारभन्दा बढी मूल्य तिरेर सुन किन्ने गरेको समाचारबाहिर आएको छ। पसलेले त्यसरी कालोबजारबाट सुन किनिरहेको बेलामा सर्वसाधारणको अवस्था कस्तो होला- फेरि अहिले विवाहको मौसम छ। विवाहमा सुनको गहना अनिवार्य चाहिन्छ। उपभोक्ताले बाध्य भएर महंगोमा सुन किन्नु परिरहेको छ।

४. सरकारले समयानुकूल नीति निर्माण गर्न नसक्दा सुनको बिक्री अवस्था यस्तो भएको छ। पहिले विदेशबाट आउने नेपालीले ५० ग्राम सुन ल्याउन पाउने व्यवस्था थियो। सरकारले त्यो व्यवस्था कटौती गर्‍यो। सरकारले एकातिर त्यो व्यवस्था कटौती गर्ने र अकोर्तिर बैंकहरूले मात्र सुन आयात गर्ने नीति अख्तियार गरेको छ।

५. सरकारको गलत नीतिका कारण अर्थात् माग नुसारको आपूर्र्ति नभएकाले सुनको चोरी, निकासी पैठारी भइरहेको छ। भारतमा एक हजार र पाँच सयका पुरानो नोट बन्दीका कारणले पनि नेपाली बजारमा सुनको कारोबार भित्रभित्रै बढ्दै गएको अनुमान गरिएको छ। नेपाली बजारमा अहिले सुन तिब्बत र खाडी देशबाट आयात भइरहेको छ भने तीमध्ये केही भारततिर छिर्ने गरिएको छ।

६. तस्कर गरिएको सुन ठूल्ठूलो परिणााममा पक्रिएको पनि समाचार आउने गरेका छन्। त्यस्तो तस्करीमा ठूलावडाको पनि भूमिका रहने गरेको छ। सुनका भरियाहरूलाई जतिसुकै पक्रे पनि त्यसका मालिकलाई पनि सरकारी संयन्त्रले छुन सकेको छैन। कहिलेकाँही उनीहरूलाई छुन खोज्छ, तर उनीहरू चिप्लिएर फुस्कन्छन्।

७. सरकारले हालै १५ किलो सुन आयात गर्ने कोटा बढाएर २५ किलो पुर्‍याएको छ। यसले केही राहत दिन्छ, तर यो पनि पर्याप्त होइन। त्यो कोटाको सुन ६० प्रतिशत उपत्यकामा र ४० प्रतिशत उपत्यका बाहिर जिल्लामा पठाउने व्यवस्था छ। तर त्यसरी जिल्लामा पठाइएको सुन पनि दुर्इ चार जनाको गोजीमा जाने गरेको छ। त्यसैले पनि जिल्लामा सुनको हाहाकार अरु चर्कन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width