फेरि बोक्सीको आरोपमा हत्या

सम्पादक
भाद्र ३, २०७०

१. हामी नेपाली समाजमा चेनता आएको कुरा गर्छौ। शिक्षित सङ्ख्या बढेको चर्चा गर्छौ। तर हाम्रै अगाडि अझ पनि समाजमा बोक्सीको अस्तित्व देख्नेहरू छन् र बोक्सीले अरुलाई विरामी पारिदिने र मारिदिन्छ भन्नेहरू छन्। त्यसो भन्नेहरूले आफनै समाजका महिलालाई बोक्सीको आरोपमा यातना दिन र कुटपिट गरी मार्ने समेत गरेका छन्।

२. समाजमा बोक्सीको आरोपमा यातना दिने र अमानवीय यातना दिँदै हत्या गर्नेहरूको सङ्ख्या बढ्दो छ। त्यस्तो यातनाबाट धेरै निदोर्ष महिलाको ज्यान गएको छ। हालै पसाजिल्लाको सुपौली-९ का जगन चौधरीकी पत्नी पार्वतीको पनि छरछिमेकले त्यसैगरी हत्या गरेका छन्।

३. त्यही गाविसका जगदिश चौधरीकी छोरी प्रतिभालाई टुनामुना गरेर विरामी बनाएको आरोप लगाउँदै गाउँलेले ४५ वर्षीया पार्वतीलाई सुरुमा गाउँ निकाला गर्ने निर्णय गरेका थिए। गाउँको निर्णय अनुसार आफू गाउँ छोड्न तयार भएका जगन चौधरीको पत्नीलाई राति आएर अकस्मात घरबाट लगेर कुटपिट गरी मारेको समाचार छ।

४. पर्साअरु जिल्लाको तुलनामा सचेत, शिक्षित र निकै प्रगति भएको जिल्ला मानिन्छ। त्यस्तो प्रगति भएको जिल्लाको एक गाउँका मानिसले बोक्सीको आरोपमा निदोर्ष महिलालाई गाउँ निकालाको निर्णय दिनु र राति पुनः अचानक आएर घरबाट पार्वतीलाई लगेर हत्या गर्नु आफैमा घोर अन्याय र अत्याचार हो।

५. आजको युगमा बोक्सीको अस्तित्व देख्नु आफैमा अन्धविश्वास हो। समाजको अन्धविश्वाससँग धर्मको सम्बन्ध हुन्छ। कतिपयले अन्धविश्वासलाई धर्मकै कुरा सम्झेका हुन्छन्। यस्तो स्थितिमा धार्मिक व्यक्तिहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्दछन्। गाउँमा शिक्षक हुन्छन्। मानवअधिकारवादी हुन्छन्। राजनीतिकर्मी हुन्छन्।

६. तर उनीहरू सबै भएर पनि निरीह बन्नु र एक जना निदोर्ष महिलाको ज्यान जानु विडम्बनाको कुरा हो। बराबर यस्तो घटना समाजमा भइरहेका छन्। तर यस्तो अन्धविश्वासको भावना हटाउन राजनीतिकर्मी र धर्मका अगुवाहरूले भूमिका नखेल्नु अरु दुःखको कुरा हो। उनीहरूले यो अन्धविश्वास हो भनेर प्रचार अभियान नै सञ्चालन गर्नुपर्दछ।

७. एक जना महिलालाई बोक्सीको आरोप लगाउनु, बोक्सीको आरोपमा अमानवीय यातना दिनु र विभत्स हत्या गर्नु समाजको कलड्ढ हो। पछौटेपनको नमुना हो र घोर अन्याय र अत्याचार हो। यो घटना आज एउटा परिवारलाई परेको छ भने भोलि अर्को परिवारलाई पनि पर्न सक्दछ। तपाइँ हाम्री आमा, दिदी बहिनी र श्रीमतीमाथि पनि बोक्सीको आरोप लाग्न सक्दछ, लगाउन सक्दछन्। आज वीरगञ्जकी पार्वतीमाथि त्यो आरोप लगाइयो भने भोलि हाम्रै परिवारमाथि पनि त्यो आरोप लगाउन सक्छन् भनी हामी सबैले सोच्नुपर्दछ। त्यस्तो घटना लगाइहाले भने के हुन्छ भन्ने सोचेर तदानुसार अन्धविश्वास हटाउने प्रयास गर्नुपर्दछ। ताकि समाजमा त्यस्तो घटना फेरि नदोहोरियोस् र कसैले अबदेखि वीरगञ्जकी पार्वतीको जस्तो मृत्युवरण गर्न नपरोस्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width