प्रतिभाशाली वैज्ञानिक बज्राचार्य रहेनन्

सम्पादक
कार्तिक २७, २०७०

१. नाष्टका पूर्व उपकुलपति तथा ख्यात्रि्राप्त वैज्ञानिक डा. दयानन्द बज्राचार्यको सोमबार बिहान काठमाडौंमा निधन भयो। उनी ६८ वर्षका थिए। श्वास प्रश्वासको रोगबाट पीडित उनलाई अस्पताल लग्दै गर्दा निधन भएको थियो। नाष्टका उपकुलपति र एक जना वैज्ञानिकका हिसाबले उनले केही महत्त्वपूर्ण कार्य गरेका थिए।

२. विद्यार्थी अवस्थादेखि नै उनी एक होनहार विद्यार्थी थिए। त्रिभुवन विश्वविद्यालयको सेवामा रहँदा उनले धेरै कुरा रिर्कर्ड राखेका थिए। उनी २१ वर्षको उमेमार उपप्राध्यापक भएका थिए भने ३१ वर्षको उमेरमा प्राध्यापक दर्जा प्राप्त गरेका थिए। उनले त्रिभुवन विश्वविद्यालयमा ३५ वर्षसम्म सेवा गरेका थिए।

३.     त्यसैबीच उनी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का उपकुलपति भए। उपकुलपतिका रूपमा उनले आठ वर्ष सेवा गरे। नाष्टमा रहँदा उनले नाष्टको भौतिक निर्माण गरे भने युवा वैज्ञानिकहरूलाई प्रोत्साहित गर्न केही परियोजना तैयार गरेका थिए। विज्ञान र प्रविधिका आधारभूत संरचना तैयार गर्ने क्रममा उनको योगदान उल्लेखनीय मानिन्छ।

४. उनले विज्ञान तथा प्रविधि नै विकास र प्रगतिको पर्याय हो भनी उपकुलपतिको हैसियतले सरकारमा बस्नेहरूको ध्यान आकृष्ट गर्ने प्रयास गरे। नेपालमा सिद्धान्त जाने बुझेका वैज्ञानिकहरूको सङ्ख्या बढ्दै गएको तर उचित बजेट विनियोजन नभएबाट उनीहरूले व्यवहारिक काम गर्न नसकेको कुरामा उनी चिन्तित रहने गर्दथे।

५. विज्ञान तथा प्रविधि मन्त्रालय महत्त्व ठूलो मन्त्रालय मानिन्छ। तर त्यसमा सरकारी बजेटको सीमितताले गर्दा नेताहरूले त्यो मन्त्रालय सम्हाल्न गाह्रो मान्दछन्। त्यसो हुँदाहुँदै पनि उनले नाष्टअन्तर्गत केही परियोजना सञ्चालन गरेका थिए र शोध गर्न चाहनेका लागि अवसर आवश्यक सामग्री जुटाइदिने प्रयास गर्ने गर्दथे।

६.     उनको त्यो प्रयासबाट वैज्ञानिकहरू प्रोत्साहित हुने गर्दथे र कतिपय वैज्ञानिक विदेश नलागेर नेपालमा नै रहेर काम देखाउने प्रयास गरिरहेका छन्। उनको साथ काम गर्न युवा वैज्ञानिकहरू लालयित हुने गर्दथे। तर अब उनको निधनले त्यस क्षेत्रमा के कस्तो हुने हो त्यो भन्न सकिने कुरा भएन।

७. उनले नौवटा वैज्ञानिक किताब निकालेका छन्। वैज्ञानिक जर्नलमा उनका लेखहरू छापिने गर्दथे। ती लेखहरूबाट उनी विश्व वैज्ञानिक क्षेत्रमा चिनिएका थिए। उनले वनस्पतिको धेरै क्षेत्रमा शोध गरेका छन्। उनको सोधलाई महत्त्वका साथ हेर्ने गरिन्थ्यो। यस्तो विश्वमा नै चिनिएका प्रतिभाशाली वैज्ञानिकको असामयिक निधन हुनु ठूलो क्षति हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width