प्रक्रियालाई थाती राखी वार्ता गर

सम्पादक
माघ २३, २०७१

१. देशको राजनीतिमा फेरि एकपटक ध्रुवीकरण तीव्र हुँदै गएको छ। नेपाली काङ्ग्रेस र एमालेलगायतका पार्टीरू संविधान प्रक्रियामा लगेर दुर्इ तिहाई बहुमतबाट पारित गर्न लागिपरेका छन् भने एकीकृत माओवादी, मधेसवादी दलहरू प्रक्रियाको विधि त्यागेर सहमतिबाटै संविधान निर्माण गर्नुपर्दछ भनी सडकमा उत्रँदैछन्।

२. ती दुवै पक्ष आ-आफ्नो काममा उत्तिकै तत्परता साथ लागेका छन्। जति ध्रुवीकरण तीव्र हुँदैछ, उति एकले अकोर्लाई हिलो छ्याप्ने काम पनि चर्को रूपले भइरहेको छ। खास गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओालीबीच भनाभन चर्को रूपमा भएको छ।

३. एमाले काङ्ग्रेसका नेताहरू सहमतिमा संविधान बन्नै नसक्ने भन्दै प्रक्रियामा जानुआफ्नो बाध्यता भन्दैछन्। उनीहरू संसारमा कतै पनि संविधान सर्वसम्मतिबाट नबनेको उदाहरण पेश गर्दैछन्। उता एमाओवादीलगायतका गठबन्धन प्रक्रिया भनेको सुन्नै नचाहेझैं गरी प्रक्रियाको विधि नै समाप्त गर्नुपर्दछ भन्दैछन्।

४. सभाध्यक्ष सुवास नेम्वाङले नेताहरूले संविधान बनाउन नसकेको होइन, बनाउन नचाहेका हुन् भन्ने निचोडमा पुगेर उनले संविधान बनाउन प्रक्रियाको बाटो अबलम्बन गरे। प्रक्रियामा जानु सबै दलको प्रतिबद्धता हो। त्यही कुरा महसुस गरी उनले प्रश्नावली तैयार गर्ने प्रस्ताव समिति गठन गरे।

५. सभाध्यक्ष सुवास नेम्वाङ संविधानसभामा सधैँ नरम रूपमा प्रस्तुत हुने गर्दछन्। उनी सकेसम्म सबैलाई खुसी पार्ने काम मात्र गर्दछन्। पहिलो संविधानसभाको आखिरी दिनमा कुनै बैठक नबसी संविधानसभाको अवधि सिद्धिएकोमा उनको आलोचना भएको थियो र उनलाई निस्क्रिय र अति भलाद्मी सभाध्यक्ष भनिएको थियो।

६. उनले यसपटक कडा रूख अपनाए। त्यही कदम अहिले विवादास्पद भएको छ। प्रक्रियाका सम्बन्धमा दुवै पक्षले अतिरञ्जित गरेका छन्। वास्तवमा प्रक्रिया सबै पार्टीको प्रतिबद्धता हो। एमाओवादीको त भीष्म प्रतिबद्धता हो। त्यो विधिसम्मत बाटो पनि हो। संविधानको संरचना हेर्दा प्रक्रियामा जानु बाध्यता पनि हो।

७. तर अहिले जेजसरी विवाद उत्पन्न भएको छ, त्यो उपयुक्त छैन। यो विवादको छिटो समाधान खोज्नुपर्दछ। यसलाई प्रतिष्ठाको विषय बनाइनुहुँदैन। प्रक्रियाका कुरालाई जहाँ छ, त्यहीँ थाती राखेर वार्ता सुरु गर्नुपर्दछ। प्रक्रियालाई थाती राख्नु दुवै पक्षको प्रतिष्ठा राख्नु हो र वार्ता सुरु गर्ने उपयुक्त बाटो हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै