पृथ्वी जयन्ती

सम्पादक
पौष २७, २०६९

१. आज नयाँ नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती हो। उनी १७७९ साल पुस २७ गते गोरखामा जन्मेका थिए र २० वर्षो उमेरमा राजा भएका थिए। उनी राजा भएको बेलामा नेपाल साना-साना राज्यमा विभाजित थियो। गोरखा पनि एउटा सानो राज्य थियो। तर उनको नेतृत्वमा गोरखा एक सबल र सक्षम राज्य बन्यो।

२.     वरपरका अन्य राज्यहरू आपसमा झगडा गरी कमजोर भएका थिए भने उता भारतमा बृटिस साम्राज्यले स-साना राज्यहरूलाई पराजित गर्दै आफ्नो भू-भागमा परिणत गर्दै थियो। बृटिश साम्राज्यको गिद्धे दृष्टि उत्तरतिर पर्दै थियो र वर्तमान नेपालको तर्राई भागमा उनीहरू आउने जाने गर्दथे। त्यो अवस्थामा साना राज्यहरू मिलेर एकत्रित हुनु नितान्त आवश्यक थियो।

३.     त्यो आवश्यकता पूर्ति गर्न उनले नुवाकोट जिति नेपाल खाल्डोका मल्ल राजाहरूलाई एकपछि अर्काेलाई पराजित गरी अगाडि बढे। त्यस क्रममा उनले आफ्नो राजधानी नेपाल खाल्डोमा बनाए र देशको नाम नेपाल राखे। त्यसबेलादेखि उनलाई नयाँ नेपालका निर्माता भन्न थालेका हुन्। पछि उनी जन्मेको दिनलाई राष्ट्रिय एकता दिवस पनि भनियो।

४. पृथ्वीनारायण शाहले नेपाल र नेपालीका लागि धेरै गुण लगाएका छन्। उनका दिव्य उपदेशहरू आज पनि प्रास·कि छन्। उनले देशका जनतालाई स्वावलम्बी हुनुपर्दछ, राष्ट्रिय उद्योगलाई प्रोत्साहित गर्ने, नेपाल दुर्इ ठूला ढु·ाबीचको तरुल, खेती हुने ठाउँमा घर भए पनि घर अन्यत्र सारी खेती गर्नू भन्ने उनको उपदेश आज पनि उत्तिकै सान्दर्भिक छन्।

५. उनका पुर्खाहरूले पनि नयाँ नेपाल निर्माण गर्ने काम जारी राखेका थिए। तर महेन्द्र र ज्ञानेन्द्र इतिहासमा यस्ता राजा भए जसले जनताको अधिकार हनन गरे। ज्ञानेन्द्रको सर्वसत्तावादी सोच र अदूरदर्शी क्रियाकलापले गर्दा २४० वर्षेखि अविछिन्न रहेका राजतन्त्रको अन्त्य भयो। पृथ्वीनारायण शाहले राखेको जग भत्कियो।

६.     राजतन्त्रको अन्त भएपछि राजतन्त्रका विरुद्धमा धेरैले धेरै कुरा भन्न थालेका छन्। त्यसरी भन्नेहरूले पृथ्वीनारायण शाहमाथि पनि हिलो छ्याप्ने प्रयास गरेका छन्। उनलाई साम्राज्यवादी भन्ने समेत गरेका छन्। उनले नेपालको एकीकरण नगरेको भए के आज हामी नेपाली र नेपाल भनेर रहन सक्थ्यौं ? यो प्रश्नमा हामी गम्भीर हुनैपर्दछ।

७. हामीले हाम्रो इतिहासप्रति गौरव गर्नुपर्दछ। ऐतिहासिक व्यक्तित्व राष्ट्रिय विभूत्रि्रति सम्मान गर्नुपर्दछ। जसले हाम्रो मान, मर्यादा र प्रतिष्ठा बढाएका छन्। उनीहरूप्रति हाम्रो शिर निहुरिनै पर्दछ। त्यस्तो व्यक्तित्वहरूमध्ये पृथ्वीनारायण शाह एक हुन्। आज उनको जन्मजयन्ती पनि हो। आजको दिन उनलाई सम्झनैपर्दछ। उनलाई श्रद्धाञ्जली दिनुपर्दछ। हामी उनको योगदानको उच्च मूल्याड्ढन गरी हार्दिक सम्मान प्रकट गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width