१. नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा आज पर्यटकीय नगरी पोखरामा सुरु हुन गइरहेको छ। केन्द्रीय साधारणसभा १० गतेसम्म चल्नेछ। साधारणसभामा देशभरिका एक हजार बढी सभासद्ले भाग लिने भएकाले यसलाई यहाँ महत्त्वका रूपमा हेरिएको छ। पर्यटकीय नगरी पोखरा सहभागीहरूको स्वागत गर्न उत्सुकतापूर्वक प्रतीक्षा गरिहेको छ।
२. केन्द्रीय साधारणसभाले मुलुकको अन्यौलपूर्ण वातावरणका बारेमा आम सञ्चारकर्मी तथा राज्यको चौथो अ· मानिएको पत्रकारिता क्षेत्रको दृष्टिकोण सार्वजनिक गर्ने तथा विभिन्न बहानामा प्रेस स्वतन्त्रता सड्ढुचन भइरहेको र पारिश्रमिक बारेमा उत्पन्न जटिल समस्याबारे छलफल गर्ने छ।
३. त्यसको साथै केन्द्रीय साधारणसभाले महासङ्घको स·ठनात्मक संरचना र निर्वाचन प्रणाली, पत्रकारहरूको योग्यता एवं व्यवसायिक पत्रकारिताको विकासजस्ता विषयमा पनि विचार विमर्श गर्ने र आवश्यक परे विधान संशोधनको प्रक्रिया अगाडि बढाउने समेत जनाइएको छ। सभामा जिल्लाका समस्या पनि प्रस्तुत गरिनेछन्।
४. राष्ट्रको चौथो अ· भनिए तापनि पत्रकार क्षेत्र अझै उपेक्षित छ। सुरक्षाको ग्यारेण्टी छैन। धेरै पत्रकारले शारीरिक र मानसिक यातना भोग्नुपरिरहेछ। जिन्दगीभर पत्रकार गरेर वृत्ति विकासको व्यवस्था छैन। मोफसलका पत्रकारहरूको अवस्था अरु नाजुक छ। सबभन्दा कम पारिश्रमिकमा काम गर्ने वर्ग पत्रकार हो भन्नुपर्ने अवस्था छ। कतिपय ठाउँमा पारिश्रमिकको सुनिश्चितता पनि छैन नकि व्यवसायको ग्यारेण्टी नै छ।
५. केन्द्रले पनि मोफसलका पत्रकारहरूलाई विशेष किसिमले हेर्र्नुपर्ने अवस्था छ। सुविधा र अवसरहरू सम्पूर्ण प्रायः केन्द्रमा सीमित छन् र तिनीहरूको प्रयोग र उपभोग पनि केन्द्रकाले नै गरिरहेका छन् भन्ने आम गुनासो छ। जिल्लामा दशकौं काम गरिरहेका तथा शाखामा वर्षौ काम गरेका पत्रकारले पत्रकारका नाताले विदेशको नाममा भारतको मुखसमेत देखेका छैनन्। यो साधारणसभाले यस्ता विषयमा ठोस निर्णय गरेमा त्यो उपलब्धिमूलक हुनेछ।
६. केन्द्रीय सभा पोखरामा हुने समाचारले यहाँको सञ्चार क्षेत्र अत्यन्त उत्साही भएको छ। यो सभा उपलब्धिमूलक हुनुपर्दछ। मोफसलको लागि यसले केही दिनुपर्दछ। आजको जमानामा सबै केन्द्रिकृत गर्नु उचित पनि होइन। यस क्षेत्रमा पनि चाकडी र चाप्लुसी गर्नेले नै सबै पाउँछन् भने त्यो दुर्भाग्य पनि हुन सक्दछ।
७. पोखरामा हुन गइरहेको यो केन्द्रीय सभा महत्त्वपूर्ण भएकोले त्यसको व्यवस्थापनका लागि महासङ्घको कास्की शाखाले अथक प्रयास गरेको छ। कास्की शाखाका अध्यक्ष बद्रीविनोद प्रतीकको संयोजकत्वमा समिति गठन गरिएको छ। त्यस्तै अन्य उपसमिति पनि छन्। ती समिति र उपसमितिले आफ्नो काम पूरा गरेका छन्। हामी यो केन्द्रीय सभामा सहभागी हुन पोखरा आउने सम्पूर्ण सहभागीको पोखरामा न्यानो स्वागत एवं अभिवादन गर्दछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१