नेपाल र भारतको प्रेस विज्ञप्ति

सम्पादक
श्रावण १२, २०७१

१. नेपाल र भारतले २६ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गरेर दुर्इ देशका बीच भएको सबै सन्धि सम्झौता पुनरावलोकन गर्ने निर्ण गरेको छ। नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय समकक्षी सुष्मा स्वराजबीच काठमाडौंमा भएको सहमतिपश्चात् उक्त प्रेस विज्ञप्ति जारी गरिएको हो।

२. भारतीय विदेश मन्त्री स्वराज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निकट भविष्यमा हुन गइरहेको नेपाल भ्रमणको तैयारीका लागि केही दिन पहिले नेपाल आएकी थिइन्। उनको नेपाल भ्रमणले दुर्इ देशका बीच धेरै असमझदारी हटाएको र दुर्इ देशको सम्बन्धलाई नयाँ ढ·बाट अघि बढाउने अवसर मिलेको छ।

३. दुर्इ देशबीचको १९५० को सन्धि असमान सन्धि भएकोले त्यसलाई खारेज गर्ने कुरा नेपालमा धेरैपटक उठेको हो तर सरकारमा गएका कसैले पनि त्यसलाई खारेज गर्ने हिम्मत गर्न सकेनन्। केही पार्टीे सरकार बाहिर हुँदा फेरि त्यो सन्धिको कुरा उठाउने गरेको सर्वविदित छ। अब त्यो स्थिति रहेन।

४. सन् १९५० को शान्ति तथा मैत्री सन्धिमा वर्तमान यथार्थलाई सम्बोधन गर्ने गरी काम अघि बढाउन परराष्ट्र सचिवहरूको संयोजकत्वमा एक समिति गठन गर्ने निर्ण गरिएको छ। यो निर्णले नेपाल-भारत सम्बनधलाई अरु उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

५. भारतीय विदेशमन्त्रीले आफ्नो कौशलता र साहस देखाएर सन् १९५० को सन्धि मात्र होइन, सबै सन्धि सम्झौताको पुनरावलोकन गर्ने जनु सहमति भयो, त्यो नेपालले अपेक्षा गरेको थिएन। अब छिट्टै त्यो सन्धि सम्झौताको विकल्प खोज्ने काम नेपालको काँधमा आएको महसुस हामीले गर्नुपर्छ।

६. त्यस्तै भारतले जलविद्युत्को प्रस्ताव सम्बन्धमा कुनै दबाब नदिएर नेपालको सुविधा अनुसार गर्न तैयार रहेको जनाएको छ। भारतको यसपटकको विचार हेर्दा मोदी सरकारले नेपालसँग यथार्थमा आधारित सम्बन्ध विकास गर्न खोजेको देखिएको छ।

७. प्रेस विज्ञप्तिमा पञ्चेश्वर परियोजनालगायत स्थगित भएका परियोजनाहरूलाई गति दिन भारत तैयार रहेको छ। अहिलेको सहमतिअनुसार काम भए नेपालको विकासमा गति थपिनेछ। साथै त्यसो भएमा भारतप्रति जुन गुनासो नेपालमा गरिने गरिएको छ, त्यो हट्दै जानेछ अनि सम्बन्ध स्वच्छ हुनेछ र नयाँ उचाइमा पुग्नेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width