नेपालको भारत भ्रमण

सम्पादक
श्रावण १४, २०७०

१. एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्नो पाँच दिने भारत भ्रमण पूरा गरेका छन्। उनी आफ्नो भ्रमण पूरा गरी हिजो अपरान्ह स्वदेश र्फकेका छन्। काङ्ग्रेस अध्यक्ष सोनिया गान्धी, प्रधामन्त्री मनमोहन सिंहलाई भेटेका उनले आफ्नो भ्रमण सफल भएको बताएका छन्। उनले नालन्दा विश्वविद्यालयको भग्नावशेष र त्यहाँ स्थापना हुन लागेको नवनालन्दाको बारेमा पनि जानकारी लिएका छन्।

२. तीर्थाटनमा जानेहरूले दुर्लभ मानिएको इष्टदेवताको दर्शन पाउनु भ्रमण सफल हुनु हो। त्यस दृष्टिले वरिष्ठ नेता नेपालको भ्रमण सफल भएको मान्नुपर्दछ। वरिष्ठ नेता नेपालको टोलीले त्यहाँ के के मागे र भारतीय नेताहरूले के-के दिए, ती सबै कुरा भने बाहिर आएका छैनन्। एकीकृत माओवादी अध्यक्ष प्रचण्डले भेट्न नपाएको सोनिया गान्धीलाई वरिष्ठ नेता नेपालले भेट्ने अवसर पाए।

३.     यो भ्रमणले अर्को कुरा पनि खुलासा गरेको छ। प्रचण्डले आफ्नो भ्रमणलाई अत्यधिक महत्त्व दिएको र सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व गरी आफू भारत भ्रमणमा गएको बताएका थिए तर काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र यसपटक एमालेका वरिष्ठ नेता नेपालको भ्रमणले ती सबै भ्रमण भारतको नियमित प्रक्रियाअन्तर्गत भएको प्रष्ट भएको छ।

४. भारतले नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालालाई पनि भारत भ्रमणका लागि निमन्त्रणा गरेको समाचार बाहिर अएको छ। कसैले भ्रमण गर्नु नै ठूलो कुरा होइन। भ्रमणको परिणाम देश र जनताको लागि के हुन्छ, त्यो ठूलो कुरा हो। त्यस दृष्टिले नेताहरूको भ्रमणको मूल्याड्ढन गरिनुपर्दछ भन्ने हाम्रो विचार हो।

५. वरिष्ठ नेता नेपालले भारतको नालन्दाको अवलोकन गर्नु एक महत्त्वपूर्ण कुरा हो। हाम्रो काँक्रे विहारमा बुद्ध मूर्र्ति स्थापना गर्नेसम्बन्धी विवाद भएको बेलामा धर्मनिरपेक्ष भारतले प्राचीन बौद्ध विश्वविद्यालय नालन्दालाई पुनर्जीवन दिन लागेको छ। त्यो पुनर्जीवन पनि भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलाम र विख्यात संस्कृतिविद् अमर्त्य सेनको सुझाव अनुसार गर्न लागिएको हो।

६.     छिमेकी भारतले आफ्नो क्षेत्रमा पर्ने प्राचीन बौद्ध स्थलहरूको संरक्षण र सर्म्बर्द्धन गरी त्यसलाई नयाँ जीवन दिएर फाइदा उठाउँदै छ भने बुद्ध जन्मेको देश नेपालमा बुद्ध मूर्र्ति, एउटा राख्न खोज्दा, त्यसमा पनि काँक्रे विहार भनेर प्रख्यात स्थलमा मूर्र्ति राखी पूजा गर्न खोज्दा प्रहरी हस्तक्षेप हुन्छ र सहिष्णुताको माला जपेर नथाक्ने धार्मिक संस्थाहरूले अवरोध गर्दछन् भने त्यसलाइे के भन्ने ?

७. वरिष्ठ नेता नेपालले त्यहाँ नालन्दा देखेर आएकाले काँक्रे विहारको विवादमा हस्तक्षेप गरी त्यहाँ मूर्र्ति स्थापना गर्ने स्वीकृति दिलाइदिएमा त्यो सङ्र्घर्षरत बौद्धहरूका लागि ठूला कुरा हुनेछ। यो त तत्काल देखिने कुरा हो। आगामी दिनमा यो भ्रमणका उपलब्धिहरूबारे र्छल· हुनेछन्। भारतसँग हामीले सानातिना विकास र निर्माणका कुरा मात्र माग्ने होइन, सीमा अतिक्रमणका कुरा र भारतले एकतर्फी आफ्नो क्षेत्रमा बनाएको बाँध तटबन्ध -जसले वर्षायाममा नेपाली भूभाग जलमग्न हुन्छ) का कुरा प्राथमिकताका साथ उठाउनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width