धर्मगुरु श्यामर्पाप्रति श्रद्धाञ्जली

सम्पादक
श्रावण १५, २०७१

१. दुर्इ हप्ताजतिको वादविवादपश्चात् १४ औं अवतारी लामा श्यामर रिन्पोचेको कुदुङ (पार्थिव शरीर) म·लबार अपरान्ह अन्तिम संस्कारका लागि भूटानबाट काठमाडौं ल्याइएको छ। उनको शव नेपालमा ल्याउन दिने र नदिने भन्ने सम्बन्धमा प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान तथा गृहमन्त्री बामदेवबीच मतान्तर भएको थियो।

२. प्रधानमन्त्री कोइराला अमेरिका छँदा उपप्रधानमन्त्री गौतमले श्यामर रिन्पोचेको शव ल्याउन निषेधाज्ञा जारी गरेका थिए। उनको शव ल्याउन दिनुपर्दछ भनी नेपालका बौद्धहरूले धेरै प्रयास गरेका थिए। विश्वभरिबाट १५ हजार संस्था र बौद्ध केन्द्रहरूले पनि त्यसको लागि आवाज बुलन्द गरेका थिए। त्यसको लागि भूटानका प्रधानमन्त्रीले समेत अनुरोध गरेका थिए।

३. राष्ट्रपति डा. रामवरण यादव सुरुमा नै सकारात्मक भएका थिए। पछि प्रधामन्त्री कोइरालाको सदासयताका कारण १४ औं अवतारी लामा रिन्पोचेको नेपालमा अन्तिम संस्कार होस् भन्ने इच्छा पूरा हुने भयो। यो ठूलो कुरा हो। रिन्पोचेको गत जेठ २५ गते जर्मनीमा प्रवचन गर्दागर्दै निधन भएको थियो।

४. श्यामर रिन्पोचेले विश्वभरि ९०० भन्दा बढी गुम्बा र बौद्ध केन्द्र बनाएका छन्। नेपालमा उनको गुम्बा र केन्द्रहरू धेरै छन्। पोखराको माटेपानी गुम्बाको निर्माणमा पनि उनको योगदान छ। उनको काठमाडौंको रानीवनमा सविनाभ गुम्बामा अन्त्येष्टि गरिने भएको छ। त्यसको लागि गुम्बा परिसरमा निर्वाण चैत्य पनि बनाइसकिएको छ।

५. यो अवतारी लामाका सम्बन्धमा के पनि भनिन्छ भने उनको आठौं अवतार समरपाले सन् १८४५ मा भएको नेपाल भोट युद्धमा नेपालको पक्ष लिएका थिए। उनले त्यसरी नेपालको पक्ष लिएकाले भोटका शासकले ठूलो यातना सहनुपरेको थियो र त्यो संस्थाले पछिल्ला पाँच अवतारसम्म निलम्बन गरेको थियो।

६. श्यामर रिन्पोचे त्यसरी निलम्बित पछिका पहिला धर्मगुरु हुन्। त्यसैले पनि नेपाल र नेपालीका सम्बन्धमा उनको ठूलो महत्त्व छ। फेरि उनले अन्तिम संस्कार नेपालमा नै होस् भनी भनेका थिए। एकजना ख्यात्रि्राप्त बौद्धले बुद्ध जन्मेको देश र बुद्धको देशमा मर्न पाउँ भन्नु र आफ्नो अन्त्येष्टि गरियोस् भन्नु अन्यथा होइन। यो सबैले भन्ने कुरा हो। स्वाभाविक कुरा हो।

७. नेपालका बौद्धहरूले उनको अन्त्येष्टि मात्र नेपालमा होस् भनी चाहेका होइनन्, उनको अको अवतार पनि नेपालमा होस् भनी चाहेका छन् र त्यसको लागि प्रार्थना गरिरहेका छन्। कग्युपा परम्पराका उनी अग्रणी व्यक्ति थिए। उनी ६१ वर्षका थिए। उनको निधनले ठूलो क्षति पुर्‍याएको छ। हामी वरिष्ठ धर्मगुरूप्रति हार्दिक श्रद्धाञ्जली अपण गर्दछौं र उनको निर्वाण लाभको कामना गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width