देउवाको भारत भ्रमण

सम्पादक
जेठ ३०, २०७०

१. पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको ६ दिने भारत भ्रमणको महत्त्वपूर्ण कुरा पूरा भएको छ। उनले काङ्ग्रेस नेतृ सोनिया गान्धी र भारतका प्रधानमन्त्री मनमोहन सिंहलगायतका महत्त्वपूर्ण नेताहरूलाई भेटेका छन्। उनले आपसी हितका विभिन्न कुरा गरेका छन्।

२. देउवाको भ्रमण एकीकृत माओवादी अध्यक्ष पुष्कमल दहालपछि भएकोले राजनीतिका विश्लेषकहरूले ती दुर्इ भ्रमणलाई तुलनात्मक रूपमा हेर्ने गरेका छन्। त्यसरी हेर्नेहरूले अध्यक्ष दाहालले सोनिया गान्धीसँग भेट गर्न नसकेको तर देउवाले उनलाई भेटेको कुरालाई महत्त्वका रूपमा हेर्न थालेका छन्।

३. दाहालले नेपालको जलस्रोतको विकासमा ठूलो लगानीमा चीन र भारतलाई संयुक्त लगानी गर्न लगाउने महत्त्वाकांक्षी विचार लिएर गएका थिए भने देउवाले त्यस्तो धमाका उत्पन्न गर्ने कुनै विचार सार्वजनिक गरेनन्। दाहालले लिएको विचार ठाउँमा व्यक्त पनि भएन। भारतीय नेताहरूले त्यस सम्बन्धमा आफ्नो विचार पहिले भनिसकेका थिए। त्यो विचार हाललाई व्यवहारिक थिएन।

४. देउवा भ्रमण दलका स्रोत अनुसार देउवाले काठमाडौंमा – निजगढको फास्ट-ट्रयाक रोड निर्माणमा सहयोग, भारतको वनवासदेखि नेपालको महेन्द्रनगर जोड्ने महाकाली नदीमा चार लेनको ठूलो पुल, सुदूर पश्चिममा इम्स्टिच्युट अफ टेक्नोलोजीको स्थापना र कृषिजन्य वस्तुको नेपालबाट निर्यात गर्ने क्रममा गुणस्तर परीक्षण गर्न ल्याब स्थापनाका लागि भारतका प्रधानमन्त्रीसमक्ष राखेका छन्।

५. विगतमा नेपालसम्बन्धी भारतीय नीति असफल भएको स्वयं भारतीय नेताहरूले पनि बताउने गरेका छन्। भारतीयहरूको नेपालमा खुल्ला चलखेल भएकोमा नेपाली नेताहरूले स्वार्थवश केही भन्न नसके तापनि सर्वसाधारणले त्यस्तो चलखेललाई राम्रो मानेका छैनन्। भारतको त्यस्तो हस्तक्षेपबाट नेपालमा त्यसको प्रभाव ह्रास हुँदैछ।

६. भारतले नेपालमा केही नेताहरू भए आफूलाई पुग्छ भन्ने मनस्थिति बनाएर त्यस्तो गरिएको हो भने त्यो त्यसको भ्रम हो। जो भारतको समक्ष लम्पसार परेका नेताहरू छन्, उनीहरूको महत्त्व नेपालमा कम हुँदै गएको छ। भारतले नेपाललाई सिक्किम बनाउने हो कि भनेर पनि नेपालीहरू सजग र सर्तर्क छन्।

७. देउवाले भारतीय प्रधानमन्त्रीलाई एक्लै भेटेनन्। उनले व्यक्तिगत कुरा मागेनन्। उनले नेपालीहरू सामु नेपालीत्व रक्षाका कुरा गरे। केही ताली पनि पाए। उनले पूर्व प्रधानमन्त्रीका हैसियतले भारत भ्रमण गरेका हुन्। भ्रमणका क्रममा अरु पूर्व प्रधानमन्त्री र नेताहरूले पनि भारत जाने अवसर पाउनेछन्। यो भ्रमण छिमेकी दुर्इ देशका बीचको नियमित प्रक्रिया हो। त्यस दृष्टिले यो भ्रमण सफल भएको मान्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width