दलितको चित्त दुखाइ

सम्पादक
पौष ८, २०७९

देशमा दलित र उत्पीडितहरुको एक वर्ग छ, जो सधैं दलित र उत्पीडित भएरै रहिरहेका छन् । देशमा ठूलठूला परिवर्तन भए, क्रान्ति भए, त्यो परिवर्तन र क्रान्तिले भुइँका मान्छेहरुलाई सिंहदरबारमा पु¥याए, तिनीहरुको काँचुली फेरिए, रहनसहन अर्कै–अर्कै भयो, जान्ने बुझ्ने भए, सभ्य भए, योग्य भए । देशमा उत्थान र विकासको जे–जति काम हुन्छ, तिनी काम पनि उनीहरुकै लागि हुन्छ । दलित र उत्पीडितका लागि सोच्ने पनि कोही भएनन् । उनीहरुका लागि बोलीदिने पनि कोही भएनन् । उनीहरु अहिले पनि निरीह र विचरा भएर रहनुपरेको छ, त्यसरी रहन बाध्य हुनुपरेको छ । तिनीहरु त्यसरी किन के कारणले रहनु पर्‍यो, त्यो बुझ्न सकिने कुरा हो । तर तिनीहरुको उत्थान र विकासका लागि गठित आयोग आदि पनि त्यसै भएर रहेका छन् । बिनाबजेटका उपेक्षित छन् ।

दलितहरुले त्याग नगरेका होइनन् । देशमा भएका परिवर्तन र क्रान्तिमा दलितहरुको ठूलो भूमिका थियो । कुनै बेला माओवादी नेताहरुले तिनीहरुको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दथे । तर त्यसपछि नेताहरुले दलित एवं उत्पीडितलाई भुल्दै गए । तिनीहरुको योगदान बिर्संदै गए । हुँदाहुँदै तिनीहरु फेरि एक पटक अशिक्षित, अबुझ र अयोग्यमा परिणत भए । कहीं कतै राख्दा स्तर नमिल्ने भन्दै उपेक्षा गरियो । नीति निर्माण तहमा पुगेका उपल्लो जातकाहरु जति माथि पुग्ने, उति दलित उत्पीडित तल झर्दै गए । झार्दै गए । यत्तिसम्मकी यो चुनावमा एक जना मात्र दलित संसदको निर्वाचनमा लड्ने अवसर पाए । प्रत्यक्षतर्फको १ सय ६५ सिटमा १ मात्र दलितले असर पाउनुलाई के पाएको भन्ने ? यसमा अगुवा दलित नेताहरुको धेरै चित्त दुखाएका छन् ।

दलित आफंै दलित भएका होइनन्, उत्पीडित वर्ग आफैं उत्पीडित भएका होइनन्, तिनीहरुलाई समाजका शोषक सामन्तले दलित उत्पीडित बनाएका हुन् । धर्म र संस्कृतिले दलित बनाएका हुन् । जातीय भेदभावले मुक्त भएको वर्णश्रम व्यवस्थापनले दलित र उत्पीडित बनाएका हुन् । त्यसरी भावनाले अझैं जरा गाडेर बसेको छ । जसको कारण आज पनि त्यो वर्ग दलितै भएरै रहनुपरेको छ, उत्पीडितै भएर रहनुपरेको छ । समय धेरै परिवर्तन भएको छ । २१ औं शताव्दीको पनि २२ वर्ष हामीले पार गर्दछौं । तर पनि हाम्रो मानसिकतामा परिवर्तन नआउनु दुखको कुरा हो । यसमा गम्भीर किसिमले सोच्नु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width