थ्रेसहोल्ड तीन प्रतिशत र एक सिट

सम्पादक
चैत्र ११, २०७३

१. धेरै छलफल र वादविवादपछि संसद्ले थ्रेसहोल्डसम्बन्धी प्रस्ताव पारित गरेको छ। पारित प्रस्तावअनुसार अब पार्टीरुले राजनीतिक दलको मान्यता पाउन निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको हुनु पर्दछ। यो प्रस्ताव पास गर्न धेरै समयदेखि अभ्यास गरिएको भए पनि साना दलहरुको विरोधका कारण निर्णय हुन सकिरहेको थिएन।

२. ठूला दलहरुले सरकार अस्थिर हुनाको कारण साना दलहरुले गर्दा हो भनेर थ्रेसहोल्ड राखेर त्यसको रोकथाम गर्ने प्रयास गरेका छन्। अहिले संसद्मा एक दुर्इ सिट भएका पार्टीका नेताहरुलाई खुसी पार्न मन्त्री र उपप्रधानमन्त्री नै दिनु पर्ने बाध्यता छ। थ्रेसहोल्ड नभएका कारण साना पार्टीरुको संख्या बढ्दै गएको छ।

३. साना दलहरुले अब समानुपातिकतर्फ तीन प्रतिशत र प्रत्यक्षतर्फ एक सिट नजिते संसद्मा पुगेका सांसदले स्वतन्त्र भएर भाग लिन पाउने व्यवस्था गरिएको छ। तर उनीहरुले राष्ट्रिय पार्टीको मान्यता भने पाउने छैनन्। नयाँ व्यवस्थामा तिनीहरुले अरु पार्टी’ग मिलेर वा मोर्चा बनाएर चुनाव लड्न भने पाउनेछन्।

४. संसद्को चुनावको लागि यो नयाँ व्यवस्था गरिएको छ। तर यो व्यवस्था प्रदेशको चुनावमा लागू हुने छैन। थ्रेसहोल्डको व्यवस्था धेरै देशहरुमा गरिएको छ। कुनै कुनै देशमा सात प्रतिशत मत ल्याउनु पर्ने पनि गरिएको छ। तीन प्रतिशतलाई साधारण मानिन्छ। यो सफल भएमा यसको प्रतिशत बढाउनु पर्दछ भन्ने पनि गरिएको छ।

५. स्थिर सरकारका लागि दुर्इ पार्टीया तीन पार्टीको व्यवस्था उत्तम मानिन्छन्। दुर्इ तीन वटा दलमात्र भएको ठाउँमा सरकार स्थिर रहेको देखिन्छ। जहाँ धेरै पार्टीहुन्छन्, त्यहाँका दलहरु कहिले यता र कहिले उता गर्दछन् र सरकार टिक्न सक्दैन। थ्रेसहोल्डको व्यवस्थाले सरकार स्थिर रहने ठूलाबडा नेताहरुको विचार रहेको छ।

६. हाम्रो देशमा सरकार अस्थिर हुनाको कारण साना दलहरु हुन सक्दछन्। देशमा नेताहरुको सत्ता लोलुपता पनि अस्थिर सरकारको लागि उत्तिकै जिम्मेवार छ। हाम्रा नेताहरु सत्तादेखि बाहिर रहनुपर्‍यो भने पानीबिनाको माछा छटपटाएझैं छट्पटाउँछन्। अनि उनीहरु अनेक दाउपेज गरेर सत्तामा पुग्छन्। सत्तामा पुग्नु उनीहरुले साना पार्टीरुलाई भर्‍याङ बनाउने गरेका छन्।

७. राजनीतिमा हामीले अनेक प्रयोग र परीक्षण गरेका छौँ। व्यवस्थाहरु फेरेका छौँ। तर कहिले पनि हाम्रा प्रधानमन्त्रीले पूरा अवधि शासन गर्न पाएका छैनन्। यो दुःखलाग्दो कुरा हो। यस्तोमा हामीले जहिले पनि अरुलाई दोष दिने गर्दछौँ। कहिले व्यवस्थालाई दोष दिन्छौँ तर हामीले आफ्नो प्रवृत्ति हेर्दैनौँ। सत्ता लोलुपता जुन नेताहरुमा छ, त्यही नै अस्थिरता निम्त्याउने सबैभन्दा ठूलो कारण हो। अब थ्रेसहोल्ड पारित भएकोले यसमा केही सुधार हुनु पर्दछ। यसैबेला हामीले सत्तालोलुप मनोवृत्ति परिवर्तन गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width