तीजको शुभकामना

सम्पादक
भाद्र १२, २०७१

१. हाम्रा सहरबजार, गाउँघरमा राता सारी, हरियो पोते र चुरामा सजिएका महिलाको ओहोर-दोहोरले तीज आएको प्रष्ट सङ्केत दिएको छ । यस दिनमा उनीहरू परापूर्व कालदेखि आफ्नो दुःख, वेदना पोख्ने गर्दछन्, रमाएर नाच्ने गर्दछन्।

२. तीजको उपलक्ष्यमा एक दिन दर खाने, एक दिन नाच्ने र एक दिन पञ्चमीको पूजा गर्ने शास्त्र सम्मत कुरा हो। तर यो रमाइलो पर्व भएकाले यसको दिन लम्बिदै गएको छ र एक महिना पहिलेदेखि नै नाच्ने-खाने चलन बढ्दैछ। नाच्ने, गाउने र खाने स्थान पनि ठूलो होटल र पार्टी प्यालेसहरू भएका छन्।

३. विगतदेखिको कुरा हेर्दा यो पर्व महिला हक र अधिकारसँग जोडिएको पाइन्छ। महिलाहरू खास गरी विवाहितले आफ्नो घरमा सासुबाट पाएका पीडा, वेदनाहरु पोख्ने पर्वका रुपमा लिने गरिएको पाउँछौं। ती वेदना र पीडा आफ्ना साथीहरूका साथ गीतमार्फत् व्यक्त गरी नाचेर त्यसलाई बिसर्न खोज्नु ठूलो कुरा हो।

४. तर अहिले स्थितिले कोल्टे फेरेको छ। तीजका गीत र शैली फेरिएको छ । हिजो दुःख, दर्द, वेदनाका गीतहरू गाएका सुनिन्थे भने अहिले प्रेमका गीतहरू गाएका सुनिन्छन् । हिजो यो महिलाको मात्र पर्व थियो भने अहिले यसमा पुरुष सहभागिता बढ्दो छ । नाच्ने, गाउनेमा पनि पुरुषको उपस्थिति देखिन थालेको छ।

५. हिजो दर खाने चलन माइती आएपछि हुने गर्दथ्यो भने अहिले आपसमा पैसा उठाएर होटलमा गएर खाने चलन बढेको छ । धेरै छाक र धेरै पटक खाने चलन बढेको छ। त्यसका साथै संघसंस्था र क्लबहरूले पनि तीजको दर खुवाउने गरेपछि खाने र खुवाउने फेशन अरु बढेको छ ।

६. हिजो धार्मिक र सांस्कृतिक दृष्टिले ब्रत बस्ने गरिन्थ्यो । आफ्ना पतिको दीर्घायूको लागि ब्रत बस्नु पुण्य कार्य मानिन्थ्यो भने अहिले पतिले पत्नीको लागि कहिले ब्रत बस्छन् र पत्नीले मात्र किन ब्रत बस्ने भन्न पनि थालिएको छ । त्यसको साथै दिनभरि पानी पनि नखाइ बस्नुलाई अहिले स्वास्थ्यको दृष्टिले पनि राम्रो मानिदैन ।

७. तीजका यस्ता क्रियाकलापलाई विकृति भन्नेहरू बढ्दै गएका छन्। हिजो तीज नमान्नेहरू पनि आज यसमा सहभागी भएका छन्। नाचगानमा रमाएका छन् र दर खाने र खुवाउनेहरूको सङ्ख्या बढ्दै छ । यस्तो हुनु यसको लोकप्रियता हो । यसको लोकप्रियता प्रत्येक वर्ष बढ्दै गएको छ । हामी तीजको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width