ज्येष्ठ नागरिकको सम्मान

सम्पादक
असाेज १५, २०७०

१. ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्दछ भन्ने भावना समाजमा विस्तारै पलाउन थालेको छ। कतिपय ठाउँमा औपचारिक कार्यक्रम राखेर सम्मान गर्ने पनि गर्दछन्। आफ्ना समाजका अगुवाहरुको त्यसरी सम्मान गर्नु एक राम्रो परम्परा हो। यो परम्परालाई पछिसम्म निरन्तर कायम राख्नु पर्दछ।

२.     ज्येष्ठ नागरिकले आफ्नो बेलामा राष्ट्र र समाजका लागि केही गरेका हामीले सम्झनु पर्दछ। उनीहरुले आफ्नो परिवारका लागि धेरै दुःख कष्ट सहेर परिवारको भविष्यका ठूलो योगदान गरेका हुन्छन्। हामी आज जुन स्थानमा छौं, हामीलाई यो ठाउँसम्म पुर्‍याउन अग्रजहरुले ठूलो भूमिका खेलेका थिए र योगदान गरेका थिए।

३.     उनीहरुको योगदानको कदर गरेर सभ्य समाजमा ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम र योजना तर्जुमा गरेको हुन्छ र राष्ट्रले खानपिन र औषधिमूलोका व्यवस्था गर्ने गर्दछ। कतिपय ठाउँमा वृद्धाश्रमको व्यवस्था पनि गरेको हुन्छ। सुविधा सम्पन्न वृद्धाश्रमको व्यवस्था गर्नु आजको आवश्यकता हो।

४.     समाज छिटो-छिटो परिर्वतन भएको छ। समाज परिवर्तन भएअनुसार समाजका मूल्य र मान्यता पनि परिर्वतन भइरहेका छन्। त्यसले गर्दा नयाँ पुस्ता र पुस्ताका बीचको फैसला बढ्दै गएको छ। कम्प्युटर र मोबाइलले नयाँ पुस्तालाई अत्याधुनिक बनाएको छ भने पुरानो पुस्ता त्यसरी सहजै जान सकेको छैन।

५.     कतिपय परिवार र समाजले आफ्नो ज्येष्ठ नागरिकप्रति हेय दृष्टिले हेर्ने गरेको र राम्रो व्यवहार नगरेको कारण ज्येष्ठ नगारिकले आफू अपमानित भएर रहनु परेको गुनासो पनि सुनाउने गर्दछन्। उनीहरु कहाँ जाउ र के गरौं भनेर छट्पटाएर परिवार र समाजभित्र निस्सासिएर जीवनयापन गरिरहेको गुनासो पनि प्रशस्त सुनिन्छन्।

६.     राजनीतिक क्षेत्रका युवाहरुले नेतृत्व पंक्तिमा रहेका अग्रज नेताहरुलाई विस्थापन गर्ने धेरै प्रयास गरेका देखिन्छन्। त्यहाँ वृद्धहरुप्रति अपशब्दसम्म प्रयोग गर्ने गरेका छन्। मानौ, ती युवाहरु भोलि सायद बृद्ध हुने छैनन्। उनीहरुले भोलि आफू पनि बृद्ध हुन्छ भन्ने आँकलनसमेत गरेका छैनन्।

७.     अनुभवले खारिएका ज्येष्ठ नागरिकहरु समाजको शोभा हो, इतिहास हो। उनीहरुको अनुभवबाट केही सिक्नु पर्दछ। उनीहरुको सल्लाह, सुझाव र परामर्श गहकिलो हुन्छ र त्यसले अगाडि जानलाई पथ प्रदर्शन गर्न सक्दछ। यस्तो महत्त्व बोकेको ज्येष्ठ नागरिकलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो। फेरि त्यस्तो सम्मान आज एकदिनमात्र गर्ने होइन, सम्मान गर्ने प्रवृत्ति र परम्पराको विकास गर्नु पर्दछ। सधैँ सम्मान गनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width