चुनावमा सुरक्षाको व्यवस्था

सम्पादक
असाेज २१, २०७०

१. सरकारले चुनावमा सुरक्षाको बन्दोवस्त राम्ररी गर्न लागेको कुरा बराबर बाहिर आइरहेको छ। नेकपा-माओवादीले चुनाव बिथोल्ने निर्णय गरेपछि सरकारले सुरक्षाको बन्दोबस्त गर्नेक्रममा सेनालाई पनि परिचालन गर्ने निर्णय गरेको छ। सरकारको त्यो निर्णयपछि चुनाव कुनै बाधा व्यवधान बिना नै सम्पन्न होला भनेर अपेक्षा गरिएको छ।

२.     तर उम्मेदवार मनोनयनको २४ घण्टा नबित्दै एमालेका उम्मेदार महमुद आलममाथि उनकै निर्वाचन क्षेत्र बारा-४ को परवानीपुरमा मोटरसाइकलमा आएका हतियारधारीले टाउकोमा गोली प्रहार गरी हत्याको प्रयास गरेपछि सुरक्षा व्यवस्था राम्रो हुनुपर्ने आवश्यकता बढेको छ। तराइको भूमिगत समूहमा सीमापारीका अपराधीहरुले उनको हत्या प्रयास गरेको अनुमान गरिएको छ।

३.     उम्मेदवार आलमको अवस्था अत्यन्त चिन्ताजनक छ। उनको उपचार काठमाडौंको शिक्षण अस्पतालमा गरिदैछ। उनको टाउको र छातीमा गोली लागेकोले अवस्था चिन्ताजनक भएको बताइएको छ। अपरेशन गरी गोली झिकिसकिएको छ। तैपनि उनको स्वास्थ्यमा सुधार भएको छैन। उनी एमालेका केन्द्रीय सदस्य पनि हुन्।

४.     उनी एमालेका भातृसंगठन इत्तेहाद संगठनका अध्यक्षसमेत हुन्। केही वर्षयता नेपालमा मुस्लिम अगुवाहरुको श्रृंखलाबद्धरुपमा हुन थालेको रहस्यमयी हत्यासँग यो घटनालाई पनि जोड्ने गरिएको छ। विगतमा मारिएका मुस्लिम अगुवाहरु किन मारिए, कसले मारे भन्ने कुरा अझैै खुलेको छैन।

५. सरकारले यो घटनाका अपराधीहरु पक्राउ गर्न सकेको छैन। विगतमा झैं उक्त घटनाको जाँचबुझ गर्न पनि समिति गठन गरिएको छ। उम्मेदवारलाई गोली प्रहार गरिएको यो घटनालाई सामान्य भन्न मिल्दैन। यो एक गम्भीर घटना हो । गम्भीरतापूर्वक यसको सोधखोज गरिनु पर्दछ।

६.     यस्ता कतिपय सोधखोजका कुरा सरकारले बाहिर ल्याउने गर्दैन। नचाहिने कुरामा सरकार पारदर्शी बन्न खोज्छ भने चाहिने र सर्वसाधारणको प्रत्यक्ष सरोकारका कुरा छिपाउने गर्दछ। सुरक्षाका कतिपय रणनीति गोप्य राख्नुपर्ने हुन्छ तर त्यसलाई सरकारले उदा·ो पार्ने गर्दछ। यस्तोमा सरकार गम्भीर हुनुपर्दछ।

७.     उम्मेदवारलाई गोली हानिएको घटनालाई गम्भीरतापूर्वक लिनुपर्दछ। दिउँसो सबैले देख्ने गरी भएको घटनाका अपराधीका सम्बन्धमा केही भन्न नसक्नु सरकारको कमजोरी हो। भयरहीत वातावरण सिर्जना गर्न सरकारका सुरक्षा संयन्त्र मजबुद बनाउनु पर्दछ र अपराधीहरुलाई तुरुन्त पक्रन सक्नुपर्दछ। सरकारले सुरक्षाको व्यवस्था राम्ररी गरेको छ भन्ने अनभूति दिन सक्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width