चुनावतिर लम्केको वातावरण

सम्पादक
असाेज २०, २०७०

१. राजनीतिक पार्टीहरूले निर्वाचन तालिका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरू तोकेपछि वातावरण चुनावतिर लम्केको छ। नेता र कार्यकर्ता आ-आफ्नो निर्वाचन क्षेत्रमा आएर आफ्नो निर्वाचन प्रचारसम्बन्धी कार्यक्रम तैयार गर्दैछन् र के कसरी जनताका सामु जाने त्यसको हिसाब किताब गर्दै रणनीति तैयार गर्दैछन्।

२. यसपटक नेताहरूले उम्मेदवार तोकेपछि कार्यकर्ताले जे जसरी असन्तोष व्यक्त गर्दैछन्, त्यो हेर्दा नेता र कार्यकर्तामा धेरै फासला रहेको देखियो। नेताहरूले कार्यकर्ताको भावना बुझ्नै नसकेको हो कि जस्तो पनि देखियो। नेताहरूले धेरै ठाउँमा जिलामा कार्यकर्ताको भावनाविपरीत निर्णय गरेको प्रष्ट देखिएको छ।

३.     नेताहरूको निर्णय कार्यकर्ताको भावनाविपरीत भएकोले कार्यकर्ता असन्तुष्ट भई बागी उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्। नेताहरूले त्यो स्थितिलाई हलुका किसिमले लिएर सबैको चित्त कहाँ बुझाउन सकिन्छ र भनी ओठे जवाफ दिन सक्छन्। तर त्यस्तो जवाफबाट कार्यकर्ताको असन्तोष शान्त हुँदैन।

४. नेताहरूले परिस्थितिको चित्तबुझ्दो गरी जवाफ दिनुपर्दछ। त्यसो गर्न नसकिएकाले पार्टीर सिद्धान्तको मूल्य र मान्यतामा अटल रहेकाहरू पार्टीनै छोडेर कोही बागी उम्मेदवार भएका छन् भने कोही अर्को पार्टीका प्रवेश गरेका छन्। सामान्य चोटले मानिसले पार्टीपरित्याग गर्दैन।

५. अझै समय छ। असन्तुष्टहरूलाई चित्त बुझाएर पार्टीको मूल धारमा ल्याउनुपर्दछ। कार्यकर्ताले पनि नेताहरूको बाध्यता बुझ्न सक्नुपर्दछ। पार्टीभत्रको ग्रुपीजमको भावनाले भागवण्डा गर्नुपरेकोले पनि असल योग्य र त्यागी कार्यकर्ता नेताहरूको छनौटमा नपरेका हुन सक्दछन्।

६. चुनावको वातावरणले एउटा अध्याय पार गरेको छ। हिजोको रिस रागलाई परित्याग गरेर ठण्डा दिमागले सोच्नुपर्दछ। आफ्नो त्याग, तपस्या र लगानी जे जति पार्टीका भएको छ, त्यसलाई खेर जाओस् भन्नुहुँदैन। आफूले गरेर आफ्नै पार्टीहार्ने र हारेपछि आफ्नै अनुहार निन्याउरो गर्नुपर्ने वातावरण निम्त्याउनुहुँदैन।

७. पार्टीसिस्टममा विश्वास गर्नेले पार्टीको निर्णय मान्नुपर्दछ। पार्टीले उम्मेदवार तोकिसकेको अवस्थामा अब पछाडि र्फकन सकिँदैन। यो बाध्यतालाई दृष्टिगत गरेर कार्यकर्ता एकताबद्ध हुनुपर्दछ र आफ्नो पार्टीकाई जिताउन इमान्दारितापूर्वक लाग्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width