घोषणापत्रमा लेखिने कुरा

सम्पादक
चैत्र १५, २०७३

१. स्थानीय तहको निर्वाचन नजिक आएको छ। निर्वाचन जति नजिक आएको छ, उति त्यसको प्रचार-प्रसार बढ्दै छ। राजनीतिक पार्टीहरू आफ्नै किसिमबाट प्रचार-प्रसारमा जुटेका छन् भने उम्मेदवारका आकांक्षीहरु आफ्नो नाम प्रचारमा ल्याउन र आफूभन्दा माथिको शक्ति केन्द्रमा पुर्‍याउन लविङ गरिरहेका छन्।

२. साना पार्टीहरूले आफ्नो उम्मेदवार छान्न थालेका पनि छन्। ठूला पार्टीहरूले भने उम्मेदवार छान्ने मापदण्ड निर्माण गर्दैछन्। २० वर्षपछि पहिलो पटक निर्वाचन हुन गइरहेकोले निर्वाचनको मैदान सबैका लागि खुल्ला भएको छ। त्यसमा पनि एउटा सिंगो नयाँ पुस्ता तयार भएको छ। पहिलेझैं कसैले पनि यो मेरो निर्वाचन क्षेत्र भन्ने स्थिति छैन।

३. त्यसमा पनि नयाँ संविधानअनुसार स्थानीय तह भनेर नयाँ संरचनाअनुसार गाउँपालिका, नगरपालिका, उप-महानगरपालिका र महानगरपालिका बनाएकोले ती सबै नयाँ भएको छ। नयाँ तह र नयाँ पुस्ताका मानिस तयार भएर आएकाले यस पटकको निर्वाचन कस्तो होला, के होला भन्ने जिज्ञासा धेरै बढेको छ।

४. निर्वाचन भन्नासाथ घोषणापत्रको कुरा आउँछ। पार्टीका उम्मेदवारहरुले आ-आफ्नै प्रतिबद्धताहरु घोषणापत्रमार्फत् सार्वजनिक गर्दछन्। सामान्यतया उम्मेदवारले जितेमा आफ्नो घोषणापत्रअनुसार काम गर्दछन् भन्ने आमधारणा छ। त्यस्तो धारणा राख्नेहरुले भोट हाल्नुभन्दा पहिले घोषणापत्र हेर्छन् र अध्ययन गर्दछन्।ख

५. पोखराका मतदाताहरुले पनि त्यसैगरी घोषणापत्र हेर्छन् र अध्ययन गर्दछन्। यसबीच पोखरा नगरपालिका उपमहानगरपालिका भयो र अब महानगरपालिकामा स्तरोन्नति भएको छ। यसबीच नगरपालिकाको चुनाव हुन गइरहेको छ। त्यसको लागि घोषणापत्र निकालिने पनि पक्का छ।

६. ती घोषणापत्रमा के-के कुरा लेखिएका थिए, ती सबैको यहाँ उल्लेख गर्नु साध्य छैन। तीमध्ये सधैँ दोहोरिने दुर्इ तीन कुरा छन्, ती हुन्-अन्तर्राष्ट्रिय विमानस्थल, बस बिसौनी र मास्टर प्लान। विगत २५/३० वर्षदेखि सधैँ घोषणापत्रमा स्थान पाएका ती कुराको अवस्था कस्तो छ, त्यसलाई ख्याल गरिएन, यत्तिसम्म कि अन्तर्राष्ट्रिय विमानस्थलको काम के भइरहेको भन्ने पनि धेरैलाई थाहा छैन। तर ती कुरा फेरि यसपटक पनि लेखिने छन्। यस्तो छ, हाम्रो चलन।

७. ती कुरा लेखिनु हुन्न भन्ने होइन, लेखिनु पर्दछ। तर लेखिएको कुरालाई सम्बन्धित व्यक्ति र पार्टीले बराबर हेर्र्नु पर्दछ र त्यसको समीक्षा गर्नुपर्दछ। हामी आफ्नो प्रतिबद्धतामा के-कति तत्पर हुन्छौँ र के-कसरी काम गर्दछौँ भन्ने ती कुराले राम्ररी देखाएका छन्। घोषणापत्र लेख्दा यी सबै कुराको मनन गर्नु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width