गैर आवासीय नेपालीको अधिवेशन

सम्पादक
कार्तिक ४, २०७०

१. गैर आवासीय नेपाली र एनआरएनको अधिवेशन काठमाडौंमा सुरु भएको छ। अधिवेशनको उद्घाटन आज राष्ट्रपति डा. रामवरण यादवले विशेष समारोहकाबीच गर्ने कार्यक्रम छ। अधिवेशनमा सहभागी हुन ५० देशका १३ सय जना प्रतिनिधि सदस्य काठमाडौं आएका छन्। उनीहरूको अधिवेशन भोलिसम्म सञ्चालन हुने बताइएको छ।

२. एनआरएन संस्था संस्थापक सभापति उपेन्द्र महत्त्वको विशेष प्रयासबाट १० वर्ष पहिले जन्मेको हो। १० वर्ष पहिले जन्मेर पनि त्यो संस्था नेपालमा विधिवत् दर्ता भएको छैन। गैर आवासीय नेपाली कसलाई भन्ने भन्ने सम्बन्धमा सरकार र गैर आवासीय नेपालीहरूबीच कुरा मिलेको छैन।

३. गैर आवासीय नेपालीहरूले आफ्नो विधानमा एक सय त्रियासी दिन विदेशमा बसेका नेपालीलाई गैर आवासीय भन्नुपर्ने परिभाषा अघि सारेका छन् भने सरकारले आफ्नो ऐनमा दुर्इ वर्ष विदेशमा बसेको हुनुपर्ने प्रावधान राखेको छ। सानो कुरा नमिलेर संस्था दर्ता गर्ने काम यसै रहेको छ।

४. गैर आवासीय नेपालीहरूले एक पटकको नेपाली सधैँको नेपाली अवधारणा ल्याएर नेपाली  नागरिकताको निरन्तरताको माग गरेका छन् भने सरकारले दोहोरो नागरिकता दिने काममा हिच्किचाइरहेको छ। सरकार दोहोरो नागरिकता दिँदा त्यसको दुरूपयोग हुने हो कि भनेर सशड्ढति भएको अवस्था छ।

५. विदेशमा बसेर नयाँ-नयाँ प्रविधि सिकेका र अथोर्पार्जन गरेका गैर आवासीय नेपालीहरू हाम्रा प्रतिष्ठा हुन्। उनीहरू एक किसिमका अवैतनिक राजदूत हुन्। उनीहरूबाट नेपाल र नेपालीले धेरै कुराको आशा अपेक्षा गरेका छन्। देश विकासमा उनीहरूको योगदान ठोस रूपमा हुनेछ भनेर प्रतीक्षा गरेर बसेका धेरै छन्।

६. भारतलगायत कतिपय देशका गैर आवासीय नागरिकहरूले आफ्नो देशको लागि ठोस सहयोग पुर्‍याएका छन्। उनीहरूमध्ये धेरैले भारतको शान, मान र प्रतिष्ठा पनि बढाएका छन्। नेपालीहरूले पनि केही नगरेका होइनन्। भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने कुरामा दक्षिण कोरियामा बस्ने नेपालीहरूले ठोस सघाउ पुर्‍याइरहेका छन्।

७. हाम्रो विचारमा सरकारले गैर आवासीय नेपालीको मागका सम्बन्धमा उदारतपूर्वक सोच्नुपर्दछ भने गैर आवासीय नेपालीहरूले बिनाहिचकिचावट देशमा लगानी भित्र्याउनुपर्दछ। १० वर्षमा पनि ठोस लगानी नभएकोमा कतिपयले आलोचनासमेत गर्न थालेका छन्। अब कुरा गर्ने होइन, काम गरेर देखाउने बेला आएको छ। हिजो बन्द हडताल चर्को थियो भने आज देशको स्थिति अपेक्षाकृत सुध्रिएको पनि छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width