गायक सरोजगोपाल रहेनन्

सम्पादक
भाद्र १, २०७१

१. लोकप्रिय गायक तथा स·ीतकार सरोजगोपाल बज्राचार्यको बिहीबार सबेरै आफ्नै निवासमा असामयिक निधन भएकोमा यहाँ सबै स्तब्ध भएका छन्। उनी ६४ वर्षका थिए र केही समयदेखि उनी मधुमेह रोगबाट पीडित थिए। उनको मृत्यु राति सुतिरहेकै बेला हृदयघातबाट भएको थियो।

२. २००७ साल जेठ २९ गते मोहरिया टोल पोखरा निवासी चन्द्रमान बज्राचार्य र लक्ष्मी बज्राचार्यको कोखबाट जन्मेका सरोजगोपाल बाल्यवस्थादेखि स·ीतमा रुची राख्दथे। उनको घरको वातावरण पनि स·ीतमय थियो। उनका बाबु, दाजुभाइहरू गाउने बजाउनेमा अध्याधिक रुचि राख्थे। उनका दाजु सुवर्णबज्राचार्य ज्ञानमाला भजनको उत्कृष्ट गायक हुन् भने दिवंगत सोम बज्राचार्य भजन र गायनमा नाम चलेका गायक थिए।

३. सरोजगोपालले थोरै गाए तर कर्णप्रय गीतहरू गाए। उनको ‘देउराली उकाली चढेर विजयपुर खोला तरेर’ भन्ने गीत खुब चर्चित भयो। त्यस्तै ‘नक्कलीलाई भगाई लग्यो झिल्केले, भिल्केलाई ताल पर्‍यो तिमी हामी सोझालाई फो’कैमा गाल पर्‍योे’ मुखमा गुञ्जने गरेको थियो।

४. उनले लोकगीत मात्र गाएका होइनन्, राष्ट्रिय गीत पनि उत्तिकै चर्चित रहेको थियो। उनी र उनकी धर्मपत्नी बाबा राणा बज्राचार्यको स्वरमा रहेको ‘करोडौं मुटुहरूको एउटै ढुकढुकी नेपाल’ भन्ने गीत अहिले पनि त्यत्तिकै लोकप्रिय छ। साथै उनले बुद्ध भजनहरू ज्ञानमाला गीत पनि गाउने गर्दथे। जनै पूणिर्मामा निकालिने रामायणका गीत बनाएर पनि गाउने गर्दथे। त्यसबेला उनको सक्रियता र लोकप्रियता लोभलाग्दो थियो।

५. त्यसबेला उनको गीतबाट नेपाल-भारत संास्कृतिक केन्द्रका पदाधिकारीहरू यत्ति प्रभावित भएका थिए कि उनीहरूले स·ीत प्रशिक्षणका लागि उनलाई भारत जानका लागि आमन्त्रण गरेका थिए। त्यसको लागि लोककला मन्दिर भन्ने एउटा संस्था पनि खडा गरिएको थियो। तर पछि त्यो कार्यक्रमले निरन्तरता पाउन सकेन।

६. पछि सरोजगोपालकै अध्यक्षतामा पोखरेली युवा सांस्कृतिक परिवार गठन गरियो। उनले त्यसबेलाको पञ्चायत प्रशिक्षण केन्द्रमा एक प्रशिक्षकको हिसाबले सेवा गरे। उनले रेडियो नेपालको पश्चिमाञ्चल क्षेत्रीय प्रसारण केन्द्र र माछापुच्छ्रे एफएममा स्टेशन म्यानेजर भएर लोकप्रिय कार्यक्रम प्रस्तुत गरेका थिए।

७. गायक सरोजगोपाल सबैसँग मिल्ने, आफूभन्दा सानालाई प्रोत्साहित गर्ने खालका थिए। उनले धेरैलाई धेरै सिकाएका थिए। उनी सबैका आदरणीय र प्रिय पात्र थिए। धेरै सङ्घसंस्थाबाट सम्मानित भएका थिए। त्यस्तो व्यक्तिको निधन हुनु समाजको लागि ठूलो क्षति हो। हामी उनको निधनमा उनकी धर्मपत्नी गायिका बाबा राणा र परिवारजनलाई पर्न गएको अकल्पनीय शोकप्रति समवेदना व्यक्त गर्दछौ’। उनको निर्वाण लाभको कामना गर्दछौ’।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width