१. सरकारले ठूलो तडक र भडकका साथ सन् २०२० लाई नेपाल भ्रमणवर्ष घोषणा गरेको छ । सरकारले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने लक्षय राखेकोछ । यस अघि सरकारले सन् १९९८ लाई पहिलो पटक भ्रमण वर्ष घोषणा गरेको थियो । त्यस हिसावले यो तेश्रो भ्रमण वर्ष हो ।
२. पहिलो भ्रमण वर्षमा ५ लाख पर्यटक भिœयाउने लक्ष्य राखिएको थियो भने अहिले २० लाख पर्यटक भिœयाउने लक्ष्य राखिएको छ । यस अघिका कुनै पनि भ्रमणवर्षमा सरकारले लक्ष्य प्राप्त गर्न सकेको थिएन । त्यो कुरालाई सरकारले किञ्चित पनि ख्याल गरेन ।
३. सरकारले २० लाख पर्यटक भिœयाउने जुन लक्ष्य राखेको थियो । त्यसमा पर्यटन व्यवसायसँग संम्बन्धित हरुले शंका व्यक्त गरेका थिए । किनभने अघिल्लो वर्ष सन् १९९८ मा ११ लाख ५२ हजार ५०१ विदेशीहरु मात्र नेपाल आएका थिए । अघिल्लो वर्ष साढे ११ लाख मात्र पर्यटक भित्रिएकामा सन २०२० मा केको आधारले दुईगुना संख्यामा पर्यटक आउलान् भनी आश गर्ने ? त्यो प्रश्न त्यसै बेला उठाइएको थियो ।
४. त्यसमा पनि अहिले त कोरोना भाइरसले गर्दा विश्वभरमा नै मानिसहरुको आवागमन कम भएको छ । जताततै पर्यटकहरुले आफ्नो कार्यक्रम रद्द गर्दैछन् । नेपालमा पनि पर्यटकहरुको केन्द्र मानिएको ठाउँहरु सुनसानप्रायः छन् । पर्यटकीय शहर पोखराको अवस्था पनि त्यस्तै छ ।
५. नेपाल भ्रमण वर्ष शुरु भएको दुई महिना वितेको छ । पहिलो जनवरी महिनामा गत वर्षको जनवरीमा भन्दा कम पर्यटक आएका थिए भने यो दोश्रो महिनामा कुनै प्रगति भएको छैन । पर्यटकीय गन्तव्यहरु सुनसान नै छन् । नेपाल भित्रका आन्तरिक पर्यटनमा भने खास असर परेको छैन ।
६. नेपालमा कोरोना भइरसको संक्रमण छैन । संक्रमण मुक्त रहनु खुसीको कुरा हो । तर संक्रमण छैन भनेर सजग र सतर्कता अपनाउने काममा कमी ल्याउन हुदैन भन्ने विशेषज्ञहरुको राय छ । यसमा ढुक्क भएर बस्ने अवस्था छैन ।
७. देशमा कोरोना भइरस छैन । त्यसकारण हामी कहाँ भ्रमण गर्न आऊ भनी भ्रमण वर्षका पदाधिकारीहरुले जेजसरी प्रचारप्रसार गरिरहेका छन् त्यो उपयुक्त हो कि होईन, सोचनीय कुरा छ । जति धेरै ठाउँबाट मानिस आउँछन्, उति भाइरसको संक्रमणको संभावना बढ्छ । यो सर्वविदितै कुरा हो । यस्तो अवस्थामा कस्तो नीति र व्यवहार अपनाउनु पर्दछ, सोचनीय कुरा छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१