१. नेपाली कांग्रेसको विवाद सल्टियो , कांग्रेस मिल्यो भन्ने समाचार संप्रेषण भएको छ । साधारणतया कांग्रेस मिल्नु र फुट्नु त्यसको आन्तरिक मामिला हो । तर अहिले देशको परिस्थितिले कांग्रेस मिल्नु र फुट्नु आन्तरिक मामिला मात्र भनेर कोही मान्ने पक्षमा छैन । किनभने कांग्रेस अहिले संसदमा प्रमुख प्रतिपक्षमा रहेकोछ ।
२. सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सरकारले एकपछि अर्काे विवादास्पद विधेयकहरु संसदमा प्रस्तुत गरेको छ । ती कतिपय विधेयकहरुले नागरिक स्वतन्त्रता खुम्च्याउने काम गरेका छन् । संचार जगतले आफुमाथि डेमोक्लीजको तरवार झुण्ड्याएको अनुभूत गरेका छन् । सञ्चार जगतले निरन्तर ती विधेयकको विरोध गरेका छन् ।
३. सरकारले सबैको अधिकार कटौती गर्ने वा कँही केही गरेमा वा सानो गल्ती गरेमा पनि ठूलो सजाय दिने कानून तैयार गर्दैैछ । एकातिर सरकारले संसदमा त्यस्तो विधेयक लैजाने अर्काेतिर संसदमा विरोधको स्वर मसिनो हुँदा स्वतन्त्रता प्रेमीहरु चिन्तित भइरहेका छन् ।
४. प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले आफ्नो आपसी विवादले गर्दा संसदमा आफ्नो स्वर चर्काउन नसकेको अर्थात् विरोधको स्वर प्रभावकारी नभएको गुनासो धेरैले गरिरहेका छन् । यस्तो अवस्थामा कांग्रेस मिल्यो भन्ने समाचार कांग्रेसीहरुका लागि शुभ समाचार त निश्चय नै हो, यसले जताततै राम्रो सन्देश प्रवाह भइरहेको छ ।
५. नेपाली कांग्रेसमा संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बीच केही महिनादेखि विवाद बढ्दै गएको छ । पौडेल पक्षले संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको वैठक बहिष्कार समेत गरेपछि विवाद चुलिएको थियो । त्यसरी चुलिएको विवादको समाधान भएको छ ।
६. तर यो समाधान स्थायी हो कि होइन भन्ने प्रश्न पनि छ । कांग्रेस यस अघि पनि मिल्यो भन्ने भएको थियो । मिल्यो भन्ने समाचार लेखेर मसी सुक्नै नपाई फेरि फुटेको समाचार पनि आएको थियो । अहिले झन त्यसको महाधिवेशन आएको छ र जताततै महाधिवेशनको चर्चा छ ।
७. सरकारले एकपछि अर्काे गरी नागरिकको अधिकार खुम्च्याउँदै लगेको छ । यसले जताततै हस्तक्षेप बढाएको छ । स्वतन्त्रताप्रेमीहरु जो लोकतन्त्रमा विश्वास गर्दछन् तिनीहरुले सरकारले देशलाई कतातिर लग्दैछ भनी प्रश्न गर्दैछन् । तिनीहरु मध्ये केहीले क्षितिजमा कालो बादल मडारिएको वर्णन गर्न थालेका छन् । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेस एकताबद्ध हुनुपर्दछ । सशक्त हुनुपर्दछ र प्रभावकारी हुनुपर्दछ । यी सबै दृष्टिले कांग्रेसको मिलनको सकारात्मक सन्देश दिएको अनुभूत भएको छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१