औषधोपचारमा सरकारी सहयोग

सम्पादक
चैत्र १३, २०७३

१. सरकारले सर्वसाधारणको स्वास्थ्य सेवाको क्षेत्रमा सकारात्मक दृष्टि दिन थालेको आभाष भएको छ। स्वास्थ्यमन्त्री गगन थापाले केही महिनादेखि आÇनो मन्त्रालयको नीति निर्णमा व्यापक परिवर्तन गरी स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचभित्र पार्ने प्रयास गरिरहेको देखिएको छ। ठूलाबडाको विरोधको बाबजुद उनले आÇनो कदम अगाडि बढाइरहेका छन्।

२. पहिले सरकारको ध्यान ठूलाबडाको स्वास्थ्यमा केन्द्रित हुन्थ्यो र उनीहरुलाई सानो रोग लागे पनि विदेशमा मोटो रकम खर्च गरेर औषधोपचार गर्ने सुविधा थियो भने अहिले उनीहरुलाई त्यसरी दिइने खर्चमा सीमा तोकिने प्रयास भएको छ। उनीहरुलाई पनि देशमा नै औषधोपचार गर्न एक किसिमको दबाब शुरु भएको छ।

३. स्वास्थ्यमन्त्री थापाले एकातिर ठूलाबडाको स्वास्थ्य उपचारको लागि जथाभावी खर्च गर्ने परम्परामा रोक लगाएका छन् भने अकोर्तिर ज्यादै खर्च हुने रोगहरुको उपचार निःशुल्क गर्ने घोषणा गरेका छन्। उनले कुनै रोगमा एक लाख अनुदान वा एक लाखसम्म सरकारले व्यहोर्ने र अन्य कतिपय रोगमा सहुलियत दिने व्यवस्था गरेका छन्।

४. उनले ज्यादै महत्वपूर्ण र उपयोगी कदम चालेका छन्। तर यसको प्रचारप्रसार त्यत्ति व्यापकरुपले भएको छैन। सरकारले मृगौला प्रत्यारोपण, डायलोसिस, बाथ, मुटु रोगको उपचार र शल्यक्रिया पूरै निःशुल्क गर्ने निर्ण गरेको छ। त्यस्तै क्यान्सर, कलेजो रोग, पार्किन्सन, अल्जाइमर, मस्ितष्कघातलगायतमा एकलाख दिने गरेको छ।

५. सरकारको यो निर्णबाट कतिपय बिरामीले अब आफूले बाँच्ने अवसर पाएको अनुभव गरेका छन्। ती रोग लागेका कतिपय बिरामी र बिरामीका परिवारले औषधोपचार गर्दागर्दै आÇनो श्रीसम्पत्ति सबै गुमाएर सुकुम्बासी हुनु परेको हृदय विदारक अनुभव सुनाउने गरेका छन्। कतिपयले आÇनो परिवारको औषधोपचार गर्न नसकेर अस्पतालमै आत्महत्या गरेका थिए।

६. सरकारले धेरै वर्ष पहिले परिवार नियोजन गर्ने र गराउनेलाई निश्चित रकम सहुलियत दिएर परोपकारी कार्य थालनी गरेको थियो। त्यसपछि अस्पतालमा सुत्केरी हुनेलाई नगद रकम दिएर अस्पताल आउन प्रोत्साहित गर्ने गरेको सर्वविदित छ। योक्रम बढ्दै गएको छ। यो पटक व्यापकरुपले परोपकारी कार्य अघि बढाइएको छ। यो खुसीको कुरा हो।

७. स्वास्थ्यमन्त्री थापा यसमा प्रतिबद्ध छन्। कतिपय ठूलाबडाहरु सरकारले यत्ति धेरै खर्च व्यहोर्ने सक्ला र भन्नेहरु पनि छन्। मन्त्री थापाले ठूलाबडाका औषधोपचार खर्च कटौती गरी खर्चको सीमा तोक्ने प्रयास गरेका छन् भने निधो निमुखाका लागि खर्चालु रोगको उपचार खर्च निःशुल्क र कुनैमा सुविधा दिएका छन्। मन्त्रीको प्रयास प्रशंसनीय छ। यसलाई निरन्तरता दिनु पर्दछ र यसको व्यापक प्रचार-प्रसार गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width