एथलेटिक्समा नेपाल प्रतिबन्धित

सम्पादक
श्रावण १८, २०७०

१. अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घले नेपाललाई एथलेटिक्स खेलमा प्रतिबन्ध लगाएको समाचार सार्वजनिक भएको छ। महासङ्घको त्यो निर्णय अनुसार साउन २६ गतेदेखि भदौ २ गतेसम्म हुने विश्व च्याम्पियनसीप एथलेटिक्समा नेपालले खेल्न नपाउने भएको छ। यो समाचारले खेलाडी र खेलप्रेमीहरूलाई स्तब्ध पारेको छ।

२. महासङ्घको त्यो निर्णयले खेलाडी र खेलप्रेमीहरूका लागि मात्र नभएर प्रत्येक नेपालीका लागि दुखद् भएको छ। एउटा अन्तर्राष्ट्रिय संस्थाबाट प्रतिबन्धित हुनु दुर्भाग्यको कुरा हो। महासङ्घले त्यसरी प्रतिबन्धित गर्नुपर्ने कारणमा नेपालमा तत्सम्बन्धी दुर्इवटा संस्था भएको र ती दुर्इ संस्थाको विवादलाई इ·ति गरेको छ।

३. खेलकुदमा राजनीति घुसेपछि त्यसले कुनै न कुनै बेला ठूलै धक्का दिन्छ भन्ने धेरैले अनुमान गरेका थिए। राजनीतिक पार्टीहरूले आफू सरकारमा पुग्नासाथ राष्ट्रिय खेलकुद परिषद्लाई राजनीतिको भर्तीकेन्द्र बनाए। कहिले एउटै विषयको दुर्इटा संस्था अस्तित्वमा विवादको मुख्य कारण रहयो।

४. एथलेटिक्समा रूक्म शमसेर राणाको अध्यक्षतामा एउटा संस्था र नीलेन्द्रराज श्रेष्ठको नेतृत्वमा अर्को संस्था रहनु र तिनीहरूका बीच कहिले नटु·निे विवाद हुनु प्रतिबन्धको मुख्य कारण हो। श्रेष्ठको नेतृत्वको संस्थालाई राष्ट्रिय खेलकुद परिषद्को समर्थन छ भने राणाको संस्थालाई अन्तर्राष्ट्रिय मान्यता थियो।

५. एउटै विषयको दुर्इवटा संस्था बनाएर तिनीहरू र तिनीहरूका समर्थक एवं प्रवर्द्धकहरूले ठूलै गल्ती काम गरेको अहिले सिद्ध भएको छ। सधैँ विवाद, जहिले पनि विवाद गर्नु तिनीहरूको विशेषता भएको छ। जसरी राजनीतिक नेताहरूले विवाद गर्दागर्दै चार वर्ष विताए, तर संविधान बनाएन् त्यसैगरी एथलेटिक्सका पदाधिकारीहरूले पनि देशलाई हदैसम्मको कुनामा धकेले र बदनाम गराए।

६. सोचेमा राष्ट्रको लागि यो ठूलो धक्का हो। तर यसलाई धक्का महसुस गर्ने कति होलान्, खेल जगतमा। कति त अब संस्था आफ्नो हातमा पर्ने भयो भनी द· परेका होलान्, मौकाको ताकमा। महासङ्घले त्यो निर्णय गर्नुभन्दा पहिले एउटा पछि हटिदिएको भए यो अवस्था आउने नै थिएन।

७. नेपालीहरू कहिले नटुङ्गनिे विवाद गर्न सक्छन् भन्ने कुरा राजनीतिमा देखिएको थियो। अहिले खेल जगतमा पनि देखिएको छ। विवाद गर्न सक्ने तर त्यसको समाधान गर्न नसक्ने हाम्रो विशेषता भएको छ। समाधानको लागि विदेशी शक्तिले मध्यस्थता र सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने पनि एक विडम्बना हो। प्रस्तुत विषयमा पनि तथ्य पत्ता लगाउन विदेशी हरू नेपाल आउने भएका छन्। उनीहरू यहाँ आउनुभन्दा पहिले झगडालु पक्षहरू आपसमा मिले त्यसले राम्रो सन्देश जाने छ। तर के ती पक्षहरूले यस्तो सकारात्मक सोच गरी आपसमा हात मिलाउने वातावरणको सिर्जना गर्लान् – तिनीहरूले गर्ने काम यो हो अहिले।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width